back
CTIZAN AD

ठूलीपोखरी लिफ्ट खानेपानीको काम सम्पन्न

वि.सं.२०७३ फागुन ४ बुधवार

816 

shares

४ फागुन,फलेवास (पर्वत)। वर्षौंदेखि खानेपानीको आशमा बसेका ठूलीपोखरीवासीले फागुन महिनादेखि लिफ्ट प्रणालीबाट पानी पाउने भएका छन् ।

हिउँद वर्षा नै पानीको चरम अभाव झेल्दै आएका ठूलीपोखरीको माथिल्लो भागका बासिन्दाले ठूलीपोखरी लिफ्ट खानेपानी आयोजनाबाट घरघरमै धारा पाउने भएपछि उत्साहित बनेका छन् । गाविसको ३, ४, ८ र ९ नं वडाका उपभोक्ताले पाँचसय मिटर तल रहेको मुहानबाट पानी पाउने भएपछि उत्साहित हुँदै श्रमदान गर्न जुटेका छन् ।

उपभोक्ताको सक्रियताका कारण हालसम्म आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय, पर्वतको सहयोगमा आयोजना सञ्चालन भएपछि उपभोक्तामा पानी पाउने आशा जागेकोसँगै उत्साहित बनेर काममा जुटेका हुन् । गाविसका माथिल्लो भागमा पर्ने तीनवटा वडाका करिब एकसय घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका हुन् ।

आयोजना गत केही महिनाअगाडि नै सक्ने गरी तयारी भएको भए पनि सबै प्राविधिक काम नसकिएका कारण केही ढिला भएको र आगामी महिना भने पानी घरघरमा पुग्ने गरी काम भइरहेको जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय, पर्वतका प्रमुख प्रेमप्रकाश डोटेलले जानकारी दिनुभयो ।

पानीको पाइपलाइन खन्ने काम सकिएकाले अब केही दिनमै घरघरमा पानी पुग्ने उहाँले बताउनुभयो । आयोजनाका अधिकांश काम सकिएकाले बाँकी रहेको काम आगामी एक महिनामा सक्नेगरी द्रुतगतिमा काम भइरहेको निर्माण कम्पनीका प्रमुख गिरिजा तिवारीले जानकारी दिनुभयो ।

हामीले गत मङ्सिरमा सक्ने काम गरेको भए पनि विद्युतीय सामग्री समयमा नआउँदा केही ढिला भएको थियो । आयोजनाको मुख्य रिजर्भ ट्याङ्की, बाटुलेचौरमा पानी खसिसकेको उहाँले बताउनुभयो । बाटुलेचौरसम्मको सबै काम सम्पन्न भएको छ, अब वितरण गर्ने पाइपलाइनको काम सकिएपछि सबै घरघरमा पानी पुग्ने तिवारीले जानकारी दिनुभयो ।

आयोजनाका लागि जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयको रु एक करोड ४६ लाख खर्च हुने भएको छ । पाँचसय ६० मिटर तल रहेको पानीलाई बिजुली प्रयोग गरी स्थानीय बाटुलेचौरमा रहेको ट्याङ्कीमार्फत घरघरमा वितरण गरिने भएको हो ।

गाविसको माथिल्लो भागमा रहेका तीनसय घरधुरीले वर्षामा आकासे पानी र हिउँदमा एक घन्टासम्म लगाएर एक गाग्री खानेपानीको जोहो गर्नुपर्ने अवस्था रहेको थियो ।

वि.सं.२०७३ फागुन ४ बुधवार ०६:४० मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...