Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

ठूलीपोखरी लिफ्ट खानेपानीको काम सम्पन्न



४ फागुन,फलेवास (पर्वत)। वर्षौंदेखि खानेपानीको आशमा बसेका ठूलीपोखरीवासीले फागुन महिनादेखि लिफ्ट प्रणालीबाट पानी पाउने भएका छन् ।

हिउँद वर्षा नै पानीको चरम अभाव झेल्दै आएका ठूलीपोखरीको माथिल्लो भागका बासिन्दाले ठूलीपोखरी लिफ्ट खानेपानी आयोजनाबाट घरघरमै धारा पाउने भएपछि उत्साहित बनेका छन् । गाविसको ३, ४, ८ र ९ नं वडाका उपभोक्ताले पाँचसय मिटर तल रहेको मुहानबाट पानी पाउने भएपछि उत्साहित हुँदै श्रमदान गर्न जुटेका छन् ।

उपभोक्ताको सक्रियताका कारण हालसम्म आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय, पर्वतको सहयोगमा आयोजना सञ्चालन भएपछि उपभोक्तामा पानी पाउने आशा जागेकोसँगै उत्साहित बनेर काममा जुटेका हुन् । गाविसका माथिल्लो भागमा पर्ने तीनवटा वडाका करिब एकसय घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका हुन् ।

आयोजना गत केही महिनाअगाडि नै सक्ने गरी तयारी भएको भए पनि सबै प्राविधिक काम नसकिएका कारण केही ढिला भएको र आगामी महिना भने पानी घरघरमा पुग्ने गरी काम भइरहेको जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय, पर्वतका प्रमुख प्रेमप्रकाश डोटेलले जानकारी दिनुभयो ।

पानीको पाइपलाइन खन्ने काम सकिएकाले अब केही दिनमै घरघरमा पानी पुग्ने उहाँले बताउनुभयो । आयोजनाका अधिकांश काम सकिएकाले बाँकी रहेको काम आगामी एक महिनामा सक्नेगरी द्रुतगतिमा काम भइरहेको निर्माण कम्पनीका प्रमुख गिरिजा तिवारीले जानकारी दिनुभयो ।

हामीले गत मङ्सिरमा सक्ने काम गरेको भए पनि विद्युतीय सामग्री समयमा नआउँदा केही ढिला भएको थियो । आयोजनाको मुख्य रिजर्भ ट्याङ्की, बाटुलेचौरमा पानी खसिसकेको उहाँले बताउनुभयो । बाटुलेचौरसम्मको सबै काम सम्पन्न भएको छ, अब वितरण गर्ने पाइपलाइनको काम सकिएपछि सबै घरघरमा पानी पुग्ने तिवारीले जानकारी दिनुभयो ।

आयोजनाका लागि जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयको रु एक करोड ४६ लाख खर्च हुने भएको छ । पाँचसय ६० मिटर तल रहेको पानीलाई बिजुली प्रयोग गरी स्थानीय बाटुलेचौरमा रहेको ट्याङ्कीमार्फत घरघरमा वितरण गरिने भएको हो ।

गाविसको माथिल्लो भागमा रहेका तीनसय घरधुरीले वर्षामा आकासे पानी र हिउँदमा एक घन्टासम्म लगाएर एक गाग्री खानेपानीको जोहो गर्नुपर्ने अवस्था रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ