back
CTIZAN AD

आज यी तीन प्रदेशमा अति भारी वर्षा र यी नदीको बहाव उच्च हुने

वि.सं.२०७८ असार २४ बिहीवार

762 

shares

२४ असार, काठमाडौं । मनसुनी वायुको प्रभावका कारण देशैभरी हल्का मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै राति पनि देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
यी नदीको वहाव उच्च हुने
जल तथा मौसम विज्ञान विभागले आज बिहान रुद्रवेणी नदीले सर्तकता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा दिउँसो सम्म सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै दुधकोशी, रबुबजार, तमोर माझिटार, चितवन जिल्लाको माडी क्षेत्रको छरछरे लगायत आसपासका क्षेत्रमा भारी बर्षा भएको र थप हुनसक्ने हुँदा खहरेखोलामा आकस्मिक बाढी जानसक्ने, नदी तटिय क्षेत्र र डुबान हुने क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

नवलपुर जिल्लाको अरुङग र देध गाँउ आसपासको क्षेत्रमा पनि भारी वर्षा भएको र थप वर्षा हुनसक्ने हुनाले सो क्षेत्रका ससाना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने, तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

त्यस्तै सुर्खेतको खानीखोला र आसपासको क्षेत्र तथा तनहुँको बिमलनगर, बन्दीपुर र आसपासका क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने, सो क्षेत्रका ससाना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने हुनाले तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा हुनेहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

वि.सं.२०७८ असार २४ बिहीवार ०८:३८ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...