back
CTIZAN AD

दुई अध्यक्षमा सहमति नखोज्न नेता शाहीको आग्रह

वि.सं.२०७८ असार २४ बिहीवार

1.2K 

shares

२४ असार, काठमाडौँ । नेकपा (एमाले)का नेता हस्त शाहीले एकताको नाममा दुई अध्यक्ष पदमा सहमति नखोज्न पार्टीका शिर्षस्थ नेताहरुलाई आग्रह गरेका छन् ।

पार्टी एकताको नाममा दुईवटा अध्यक्ष सिर्जना गर्ने कुरा उठिरहेको सन्दर्भमा आफ्नो धारणा राख्दै उनले नवौ राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा नभएको व्यवस्थामा छलफल गरेर पावरसेरिङ्ग प्रस्तावमा दुई अध्यक्षमा सिर्जना गर्ने कुरामा सहमति नखोज्न आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘एकताको नाममा नवौ राष्ट्रिय महाधिवेशन बाट पारित विधानमा नभएको व्यवस्थामा छलफल गरेर पावरसेरिङ्ग प्रस्तावमा दुईवटा अध्यक्ष सिर्जना गर्ने कुरा हामीले नेकपामा अभ्यास गरेर असफल भैसकेको छौ ।’
उनले एक व्यक्ति, एक कार्यकारी जिम्मेवारीको नीति स्थापित गर्ने गरि एकताको सहमति खोज्नु पर्नेमा जोड दिएका छन् ।

साथै उनले एकताको सहमति खोजिरहँदा कम्युनिस्ट आन्दोलन, सार्वभौम संसद, लोकतन्त्र, संविधान माथि उत्पन्न मामिलाको कार्वाही सहित सिर्जित समस्यालाई केलाएर भोली अरुले नदोहोर्‍याउने गरि समाधान खोजीनु पर्ने बताएका छन् ।

सञ्जालमा उनले लेखेका छन् :

‘पार्टी एकता हुनुपर्छ र गरिनुपर्छ तर एकताकाे सहमति खाेजीरहँदा कम्युनिस्ट आन्दोलन, सार्वभौम संसद, लाेकतन्त्र, संविधान माथि उत्पन्न मामिलाकाे कार्वाही सहित सिर्जित समस्यालाई केलाएर भाेली अरुले नदाेहाेर्याउने गरि समाधान खाेजीनु पर्छ । एकताको नामामा नवौ राष्ट्रिय महाधिवेशन बाट पारित विधानमा नभएकाे व्यवस्थामा छलफल गरेर पावरसेरिङ्ग प्रस्तावमा दुईवटा अध्यक्ष सिर्जना गर्ने कुरा हामीले नेकपामा अभ्यास गरेर असफल भैसकेको छौ । त्यसाे भएको हुनाले कम्युनिस्ट पार्टीमा एक व्यक्ति, एक कार्यकारी जिम्मेवारीकाे नीति स्थापित गर्ने गरि एकताको सहमति खाेजौ । लाल सलाम
सुभ प्रभात’

वि.सं.२०७८ असार २४ बिहीवार १०:१५ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...