back
CTIZAN AD

सफल हुँदैछ ओली पक्षको रणनीति : बढ्दैछ माधव पक्षभित्र विवाद !

वि.सं.२०७८ असार २५ शुक्रवार

552 

shares

असार २५, काठमाडौं । सत्तारुढ नेकपा (एमाले)मा पार्टी विवाद समाधान गर्न भन्दै गठित कार्यदल केहि दिनदेखि सक्रिय छ । सोमबारदेखि कार्यदलका नियमित बैठकहरु बसिरहेका छन् । यसबीचमा बुधबार राती पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच ‘वान टु वान’ वार्तासमेत भएको थियो ।

तर, नियमित बैठक बसिरहेको भएपनि दुई पक्षबीच सहमतीको सम्भावना भने न्यून बन्दै गएको छ । बिहीबार साँझ कार्यदलको बैठकपश्चात नेता घनश्याम भुसालले सञ्चारकर्मीहरुलाई दिएको प्रतिक्रियाले पनि एमाले विवाद थप गिँजोलिने अवस्थामा पुगेको देखिन्छ ।

भुसालले १० दिनदेखि कुनै उपलब्धी नभएको टिप्पणी गरेका थिए । निराश मुद्रामा देखिएका उनले अनौपचारिक छलफल मात्रै चलिरहेको बताएका थिए । ‘हामीले करिब दश दिन अगाडिदेखि खास प्रगति गरेका छैनौँ, धेरै लामो अनौपचारिक छलफलपछि हामीले दश दिनअगाडि केही एजेन्डा तय गरेका थियौँ, विभिन्न कारणले गएको दश दिनदेखि कुनै खास, ठोस र मूर्त योगदान गर्न सकेका छैनौँ’, उनले भनेका थिए ।

वार्ता चलिरहँदा माधव पक्षभित्रै विवाद

एमालेका दुई पक्षबीच वार्ता चलिरहेको बेला माधव पक्षभित्र भने विवाद देखिन थालेको छ । वार्ताको लागि गठित कार्यदलका सदस्यहरुबीच नै वार्ताको विषयमा फरक–फरक मत देखिन थालेको हो ।

माधव पक्षीय कार्यदलका ५ सदस्यमध्ये केहि सदस्य ओलीसँग निःशर्त एकताको पक्षमा देखिएका छन् भने केहि शर्तसहित एकताको पक्षमा देखिएका छन् ।

पछिल्ला वार्ताका क्रममा माधव पक्षका ५ सदस्यमध्ये अधिकांश निःशर्त एकताको पक्षमा देखिएका छन् । बताइएअनुसार सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट प्रष्ट रुपमै निःशर्त एकता हुनुपर्ने लाईनमा छन् भने घनश्याम भुसाल शर्तसहित मात्रै एकता हुनुपर्ने लाईनमा देखिएका छन् ।
पछिल्ला कार्यदलका बैठकहरु निष्कर्ष विहिन बन्दै जानु पनि माधव पक्षभित्रको विवादलाई लिइएको छ ।

सुरुदेखि नै माधव पक्षलाई फुटाउने लाईनमा छन् ओली

एमाले विवाद उचाईमा पुगेको बेला गत असार १३ मा बसेको ओली पक्षीय स्थायी समिति बैठकले सिंगो माधव समूहसँग एकताको कुरा असम्भव रहेको निष्कर्ष निकालेको थियो । बैठकले माधव समूहभित्रका एकता पक्षधरसँग मात्रै एकताको पहल गर्ने निर्णय गरेको थियो ।

अहिले पनि ओली पक्ष निरन्तर त्यहि लाईनमा नै छ । पछिल्लो समय कार्यदलभित्र देखिएको विवादमा पनि ओली पक्षले सोही लाइनअनुसार नै नेताहरुसँग डिल गरिरहेको देखिन्छ ।

तत्कालिन समय योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेसँग एकल रुपमा डिल गरेको ओली पक्षले पछिल्लो वार्तामा माधव पक्षका भीम रावलसहित एकता पक्षधर नेताहरुसँग एकल छलफल अगाडि बढाएको छ । जसको सिधा अर्थ सिंगो माधव समूहसँग एकता होइन् विभाजन गराएर एकता भन्ने देखिन्छ ।

सम्बन्धित समाचार

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

वि.सं.२०७८ असार २५ शुक्रवार १३:१६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...