back
CTIZAN AD

द्वन्द्वपीडित परिवारलाई जीवननिर्वाह भत्ता

वि.सं.२०७८ असार २५ शुक्रवार

816 

shares

२५ असार, रोल्पा । सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका परिवारले जीवन निर्वाह भत्ता पाउने भएका छन् ।

माडी गाउँपालिका–५ ले आर्थिक वर्ष २०७८/०७९ देखि द्वन्द्वमा ज्यान गुमाएका परिवारलाई जीवन निर्वाह भत्तास्वरुप मासिक रु एक हजार पाँच सयका दरले उपलब्ध गराउने निर्णय गरेको हो ।

गाउँपालिकाको यही असार १० गते सम्पन्न गाउँसभाबाट सो निर्णय पारित भइसकेकाले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी यो कार्यक्रम कार्यान्वयन गरिने वडा कार्यालयले जनाएको छ ।

“सशस्त्र युद्धमा ज्यान गुमाएका परिवारको अवस्था दयनीय रहेकाले जीविकोपाजर्नमा टेवा पुगोस् भनेर यस्तो कार्यक्रम अघि सारेका छौँ”, वडाध्यक्ष भरतबहादुर बुढा मगरले भने, “उनीहरुलाई मासिक रु एक हजार ५०० का दरले भत्ता दिने निर्णय भएको छ ।” सशस्त्र द्वन्द्वताका सो वडामा २४ जनाले ज्यान गुमाएका थिए ।

सो शीर्षकमा वडाले गरेको प्रस्ताव गाउँसभाले पारित गरिसकेको छ । सशस्त्र द्वन्द्वमा ९६४ ले ज्यान गुमाएको रोल्पामा कुनै पनि स्थानीय तहले उनीहरुको सम्मान र सम्झनामा कार्यक्रम ल्याएका थिएनन् ।

माडी गाउँपालिका–५ को सो कदमलाई धेरैले प्रशंसासमेत गरेको स्थानीयवासी गोपाल केसीको भनाइ छ । “द्वन्द्वमा अभिभावक गुमाएकाको अवस्था दयनीय छ, कसैबाट पनि सहयोग नपाएका उनीहरुको दैनिकी कष्टकर बन्दै गइरहेको बेला वडा कार्यालयको यो कदमले मृतकका परिवारमा आशा जगाएको छ”, उनले भने ।

विगतमा भौतिक पूर्वाधारका योजनालाई प्राथमिकता दिएको सो वडाले आगामी आर्थिक वर्षका लागि भने सामाजिक विकासलाई प्राथमिकता दिएको बताएको छ ।

वडाले भौतिक पूर्वाधारमा मनग्य खर्च गरी सामाजिक विकासलाई ध्यान नदिएको जनगुनासो खेप्दै आएको थियो । “भौतिक पूर्वाधारका नियमित कामलाई निरन्तरता दिने गरी सामाजिक विकासलाई प्राथमिकतामा राखेका छौँ”, वडाध्यक्ष बुढा मगरले भने ।

वि.सं.२०७८ असार २५ शुक्रवार १३:३४ मा प्रकाशित

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...