back
CTIZAN AD

सेनाद्वारा स्तरोन्नति सकेर करिडोर हस्तान्तरण

वि.सं.२०७८ असार २६ शनिवार

654 

shares

२६ असार, बलेवा । दश मिटर चौडाइको काम सकेर कालीगण्डकी करिडोर मालढुङ्गा–रिडीखण्ड सडक विभाग कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको छ ।

नेपाली सेनाको निर्माण कार्यदलले स्तरोन्नति गरेको मालढुङ्गा–रिडी खण्ड सडक विभाग करिडोर आयोजना पाल्पालाई हस्तान्तरण गरेको हो । यसअघि स्तरोन्नति गरेर हस्तान्तरण गर्न बाँकी रहेको ३४.५ किलोमिटर सडक हस्तान्तरण भएको नेपाली सेनाका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले बताए ।

बागलुङको बलेवा विमानस्थलदेखि गुल्मीको हर्मिचौरसम्मको सडक कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको हो । नेपाली सेनाले ट्रयाक खुलाएको सडक १० मिटर चौडा गर्ने जिम्मेवारी पाएको थियो । यो खण्ड हस्तान्तरण भएसँगै सेनाले स्तरोन्नतिको काम सकेको जनाएको छ ।

यस खण्डको एक समारोहबीच नेपाली सेनाका प्राविधिक सह–सेनानी शालिग्राम नेपालले सडक विभाग, कालीगण्डकी करिडोर आयोजनाका इञ्जिनीयर नवराज बाँस्तोलालाई हस्तान्तरण गरे। रिडी­मालढुङ्गा ७८ किलोमिटर सडक खण्डको स्तरोन्नतिको काम गरेको सेनाको निर्माण कार्यदलले यसअघि मालढुङ्गा–बलेवा विमानस्थल खण्ड हस्तान्तरण गरिसकेको थियो भने गुल्मी खण्डको २७ किलोमिटर सडकसमेत हस्तान्तरण भैसकेको थियो ।

एक अर्ब ८६ करोड रुपैयाँ खर्चेर सेनाले करिडोर स्तरोन्नति गरेको हो । बागलुङ–गुल्मी खण्डको २०७० सालमा सेनाले जिम्मेवारी लिएर काम गरेको थियो । आव २०७४/७५ मा ट्रयाक खोल्ने काम सकिएपछि यो आयोजनाले स्तरोन्नतिको लागि २०७५ सालमा जिम्मा लिएको थियो । सरकारले दिएको जिम्मेवारी तोकिएकै समयमा सम्पन्न गरेर हस्तान्तरण गरेको सेनाका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले बताए ।

यस खण्डमा पाँच वटा बेलिब्रिजसहितका संरचना बनेका छन् । सडक विभाग, कालीगण्डकी करिडोर आयोजनाको जिम्मामा आएको सडकलाई तत्काल वातावरणीय परीक्षण गरेर विस्तृत परियोजना प्रस्ताव (डिपीआर) तयार गरिने आयोजना प्रमुख सुवोधकुमार देवकोटाले बताए।

‘‘तीन महिनामा डिपीआर हुन्छ, बाँकी तीन महिनामा आइई गरेर सक्छौं’’, देवकोटाले भने, ‘‘कलोपत्रेको लागि योजना माग गरेर फाइल स्वीकृत हुने बेलासम्म सबै काम सकिन्छ ।’’ एक करोड रुपैयाँ बजेट आगामी आर्थिक वर्षमा डिपीआर र आइईको लागि विनियोजन भएको देवकोटाले जानकारी दिए ।

प्रमुख देवकोटाले ३० महिनामा यो सडक कालोपत्रे गरेर सकिने दाबी गरे । ‘‘काम गर्न क्रियाशीलता, निरन्तरता र सक्रियता चाहिन्छ, त्यो हामीमा छ’’, देवकोटाले भन्नुभयो, ‘‘हामी समयमा काम गर्न निरन्तर लाग्छौं ।’’

सडक हस्तान्तरण भएसँगै अब कालोपत्रको काम शुरु हुनेमा स्थानीयवासी आशावादी छन् । स्तरोन्नतिपछि हस्तान्तरण गरेको सेनाको निर्माण कार्यदलले हर्मिचौरमा रहेको क्याम्पले आउँदो असोजसम्म सडकमा हुने क्षतिको मर्मत गर्ने जिम्मेबारी समेत लिएको छ ।

वि.सं.२०७८ असार २६ शनिवार १४:१६ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...