back
CTIZAN AD

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा यात्रुलाई सास्ती

वि.सं.२०७८ असार २६ शनिवार

603 

shares

२६ असार, पर्वत । निर्माणाधीन मध्यपहाडी लोकमार्ग पटकपटक अवरुद्ध हुँदा यात्रु सास्ती खेप्न बाध्य भएका छन् ।

यही असारको शुरुमै मनसुन भित्रिएकाले दैनिकजसो सडकमा खसेका पहिराले निर्माण कम्पनी मात्रै नभएर स्थानीयवासी, यात्रुलगायत सबैले सास्ती खेप्नु परिरहेको छ ।

सडकको पर्वत खण्डअन्तर्गत बागलुङ सीमाको मालढुङ्गादेखि कास्कीको सीमा नयाँपुलसम्म असारयता दैनिकजसो अवरोध हुने गरेको छ । दैनिकजसो परेको झरीसँगै खस्ने पहिरो तथा सडक हुँदै बग्ने सानातिना खहरे खोलामा आउने बाढीका कारण सडक दैनिकजसो अवरोध हुने गरेको हो ।

गत मङ्गलबार सोही सडकको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका मुख्य इन्जिनीयर नै बेपत्ता हुने गरी उर्लिएको कुश्मा–८ दोबिल्लास्थित सुन्दरेखोलाले सडकको करीब ५० मिटर भागमा क्षति बनाएपछि अहिले एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ । बाढीले बगाएका इन्जिनीयर र चालकको अवस्था अझै अज्ञात छ ।

लामा कन्स्ट्रक्सनका निर्देशक पीताम्बर बडूले सर्वसाधारणले दुःख पाउन नपरोस् भनेर यातायात खुलाउन निकै प्रयास भइरहेको बताए । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका­ २ अर्मादी र नयाँपुलको बीचमा खसेको पहिरो हटाएर सडक सहज बनाउन कम्तीमा चार दिन लाग्ने उनका भनाइ छ । पहाड नै खसेर अवरोध गरेपछि अहिले ब्रेकर लगाएर ढुङ्गा फोर्ने काम भैरहेको छ ।

मध्यपहाडी राजमार्गको यो खण्ड धौलागिरिका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतलाई गण्डकी प्रदेश तथा देशभरका अरू जिल्लासँग जोड्ने एकमात्र स्थलमार्ग हो । यसको भरपर्दो वैकल्पिक मार्ग छैन ।

निर्माणाधीन कालीगण्डकी करिडोर पनि वर्षासँगैका पहिराले क्षतविक्षत् हुँदा आवतजावत टुटेको छ । दैनिकजसो घण्टौं सडक अवरुद्ध भएपछि बिरामी तथा अत्यावश्यक कामका लागि प्रदेश राजधानी तथा अन्यत्र आउजाउ गर्नेहरूले निकै सास्ती भोगिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले पहिरो हटाएर राजमार्ग सहज बनाउने प्रयास भइरहेको बताए । ‘‘दैनिकजसो फरक–फरक ठाउँमा पहिरो झरिरहेको छ,’’ उनले भने, ‘‘सम्बन्धित निकायलाई भनेर हामीले सक्दो छिटो खुलाउने प्रयास गरिरहेकै छौं ।’’

बागलुङ, बेनीलगायतबाट आउजाउ गर्ने साना सवारीलाई भने सहस्रधारा–पाङ–अर्मादी हुँदै वैकल्पिक सडक प्रयोग गर्न लगाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ असार २६ शनिवार १४:२९ मा प्रकाशित

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...