back
CTIZAN AD

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८३१ संक्रमित, २० जनाको मृत्यु

वि.सं.२०७८ असार २७ आइतवार

855 

shares

२७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा १८३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५,५३५ पिसीआर र ३,६८३ ऐन्टिजेन गरी ९,२१८ वटा नमुना परीक्षणमा १८३१ जना संक्रमित थपिएका हुन् । शनिबारको तुलनामा संक्रमित हुनेको यो संख्या केही कमी हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ३१, ललितपुरमा ९७ जना र काठमाडौंमा २६१ जना गरी उपत्यकामा आज ३९१ जना संक्रमित थपिएका छन् ।

नेपालमा हालसम्म ३४ लाख १५ हजार ४७५ पिसीआर र २ लाख ३४ हजार ७७७ ऐन्टिजेन विधि गरी जम्मा ३७ लाख ५० हजार २५२ वटा नमुना परीक्षणमा पिसीआर विधिबाट ६ लाख ५५ हजार ४४९ र ऐन्टिजेन बिधिबाट ४३ हजार ६३९ गरी जम्मा ६ लाख ९९ हजार ८८ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १४३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

आज निको भएका १५३३ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख १९ हजार ८९४ जना निको भइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २० जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,३८२ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २६ हजार १७३ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २३ हजार ४७१ र संस्थागत आइसोलेशनमा २,७०२ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५५३ र भेन्टिलेटरमा १५५ जनाको उपचार भइरहेको छ ।

यी जिल्लामा संक्रमण बढ्दो

मन्त्रालयका अनुसार असार २७ सम्मको तथ्यांकलाई हेर्दा पछिल्लो अवस्थामा पूर्वका झापा, मोरङ, सुनसरी, बागमती प्रदेशका काठमाडौं उपत्यका तीनवटै जिल्ला र मकवानपुर तथा चितवन जिल्लामा सक्रिय संक्रमितहरुको संख्या ५०० भन्दा बढी रहेका छन् ।

त्यस्तै गण्डकी प्रदेशको कास्कीमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार गत १४ दिनको तथ्यांक हेर्दा प्रदेश नं १ को धरान, खोटाङ, झापा र धनकुटामा सक्रिय संक्रमितको संख्यामा केही वृद्दि हुँदै गएको छ ।

त्यस्तै वागमती प्रदेशको काठमाडौं र चितवनमा पनि संक्रमितहरुको संख्या बढ्दो क्रममा रहेको छ । साथै गण्डकी प्रदेशको कास्की र स्याङजा, लुम्बिनी प्रदेशको प्युठान, कर्णालीको डोल्पा र मुगु तथा सूदूरपश्चिम प्रदेशको कन्चनपुर, बझाङ र बाजुरामा पनि १४ दिनयता सक्रिय संक्रमितको संख्या बढ्दै गएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

आज देशैभरी कोरोनाबाट २१६९ संक्रमित, २२ जनाको मृत्यु

 

 

वि.सं.२०७८ असार २७ आइतवार १७:११ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...