back
CTIZAN AD

भारतले अफगानिस्तानको कान्दाहारको कन्सुलेट कार्यालयबाट आफ्ना कर्मचारीलाई फिर्ता गर्यो

वि.सं.२०७८ असार २७ आइतवार

681 

shares

२७ असार । अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिन नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता लगेको बताएको छ । अफगानी सेना र तालिबानीहरुबीच कान्दाहार प्रान्तमा केही दिनयता देखि तनाब बढेको छ ।

सो क्षेत्रमा तनाव बढ्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई कान्दाहारमा रहेको नियोगबाट फिर्ता गरेको बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आइतबार यस विषयमा जानकारी दिए। अफगानिस्तानको दक्षिणी कान्दाहार शहरमा तालिबानी लडाकूले कब्जा गर्न थालेको भन्ने समाचार अएपछि भारतले सो शहरमा रहेको आफ्नो नियोगबाट आफ्ना कर्मचारीहरुलाई बाहिर निकालेको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले अस्थायी रुपमा यो काम गरेको जानकारी आइतबार दिनुभएको हो । भारतले आफ्नो कर्मचारीलाई शनिबार नै सो शहरबाट फिर्ता गरेको थियो । प्रवक्ता अरिन्दम बागचीले तर सो स्थानमा रहेको भारतको कन्सुलेट कार्यालय भने बन्द गरेको छैन । आफ्ना कर्मचारीको सुरक्षाका लागि उनीहरुलाई कान्दाहारबाट फिर्ता गरिएको तर कन्सुलेट कार्यालय भने बन्द नगरिएको उनले बताए ।

साथै प्रवक्ता बागचीले भारतीय अधिकारीहरुले अफगानिस्तानमा विकसित सुरक्षा चुनौतीलाई नजिकबाट नियालिरहेको पनि बताए । उनले पछिल्लो समयमा अफगानिस्तानमा विकसित भएको परिस्थिति र त्यहाँको सुरक्षा अवस्थाका बारेमा भारतले नियालेको उनले बताए ।

प्रवक्ता बागचीले भन्नुभयो– ‘कान्दाहारमा रहेको भारतको कन्सुलेट जनरल कार्यालय बन्द भएको छैन । तत्कालको लागि कान्दाहार सहर नजिकै युद्ध भइरहेकोले भारतीयहरुको सुरक्षाका कारण उनीहरुलाई फिर्ता ल्याइएको हो ।

वि.सं.२०७८ असार २७ आइतवार १७:०५ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...