back
CTIZAN AD

अल्जेरियाका प्रधानमन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि

वि.सं.२०७८ असार २७ आइतवार

684 

shares

२७ असार, अल्जेर्स । अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

स्वाब परीक्षण गर्दा उनीमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् । सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थालेका छन् ।

उनले कोरोनाभाइरस सम्वन्धी मापदण्डहरुको पालना पनि गरेका  उनका सचिवालयले जानकारी दिएको छ । घर भित्र छुट्टै बसेपनि उनले कतिपय काम भने गरेका सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनलाई सङ्क्रमण पुष्टि भएपनि अवस्था भने सामान्य नै रहेको जनाइएको छ । उनलाई देशका बरिष्ठ चिकित्सकहरुको निगरानी पनि रहेको छ ।

बेनाब्डेराहमन यही जुन ३० तारिखमा अल्जेरियाको प्रधानमन्त्रीमा नियुक्त भएका थिए। अल्जेरियामा पछिल्ला केहीदिन देखि कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बृद्धि भएको छ ।

अहिले दैनिक झण्डै दुई सय जनाको दरले सङ्क्रमितहरुको सङ्ख्या बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

वि.सं.२०७८ असार २७ आइतवार १७:२४ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...