back
CTIZAN AD

देउवाको नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय

वि.सं.२०७८ असार २८ सोमवार

747 

shares

२८ असार, काठमाठौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा मंगलबार गठबन्धन सरकार बनाइने भएको छ ।

सर्वोच्च अदालतको निर्णयपछि बसेको विपक्षी गठबन्धनकाे बैठकले मंगलबार देउवाको नेतृत्वमा सानो आकारमा गठबन्धन सरकार बनाउने निर्णय गरेको हो ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बसेको उक्त बैठकले सर्वाेच्च अदालतको आदेशअनुसार मंगलबार नै गठबन्धन सरकार बनाउने निर्णय गरेको हो ।

गठबन्धनको बैठकले मंगलबार देउवाको नेतृत्वमा सानो मन्त्रिपरिषद् बनाइने र पछि थप गर्दै जाने बैठकले निष्कर्ष निकालेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिएका छन् । उनका अनुसार भोलि(मंगलबार) बिहान फेरि शीर्ष नेताको बैठक बस्नेछ ।

संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले भोलि(मंगलबार) साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । सर्वोच्चले गरेको परमादेशमा २ दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र ७ दिनभित्र प्रतिनिधि सभा बोलाउन भनिएको छ ।

गठबन्धनमा नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा एमाले माधव पक्ष, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

गठबन्धनमा रहेका माधव कुमार नेपालले भने आफूहरुको मिशन पुरा भएको भन्दै अब विपक्षी गठबन्धनमा नरहने बताएका छन् ।

विपक्षी गठबन्धनले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर १४६ जनाको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा बुझाएको थियो । तर राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गर्ने निर्णय गरेकी थिइन् ।  प्रतिनिधिसभा पुर्नस्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। त्यहि  मुद्धामा सर्वोच्चले आज परमादेश जारी गरेको हो ।

माधव नेपालद्वारा मिशन पुरा भएको भन्दै गठबन्धनमा नरहने संकेत

वि.सं.२०७८ असार २८ सोमवार २०:२७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...