back
CTIZAN AD

श्रमिकको न्यूनतम पारिश्रमिकको पुनर्विचार गर्नुपर्नेमा जोड

वि.सं.२०७८ असार २९ मंगलवार

798 

shares

२९ असार, काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले श्रमसँग सम्बन्धित ट्रेड युनियनसँग छलफल गरेको छ ।

आयोगमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष डा रामकृष्ण तिमल्सिनाले विधिशास्त्रको विकासका लागि असल श्रम अभ्यास गर्दै न्यूनतम पारिश्रमिकको पुनर्विचार गर्नुपर्नेमा जोड दिए । सबै स्थानीय तहले श्रमसँग सम्बन्धित तथ्याङ्क तयार पारेर राख्नुपर्ने उनले बताएको आयोगका प्रवक्ता पुष्कर भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

श्रमको विवाद निराकरण गर्न श्रम अदालतको क्षेत्राधिकार पुनरावलोकन गरी उच्च अदालतमा श्रम इजलास राख्नुपर्ने अध्यक्ष तिमल्सिेनाको भनाइ थियो । आयोगका सदस्य हरिदत्त जोशीले सरकारले जारी गरेको न्यूनतम बेतन कार्यान्वयन गर्न कडाइ गरिनुपर्ने, सम्पूर्ण प्रीतष्ठानहरुले श्रम अडिट गर्नुपर्ने र सबै औपचारिक र अनौपचारिक श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु पर्ने विषयमा जोड दिए बताए ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका महासचिव इन्द्रदेव मिश्रले श्रमिकका लागि राशन कार्ड र परिचयपत्रको व्यवस्था गर्न माग गरे । छलफलमा ट्रेड युनियन संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

वि.सं.२०७८ असार २९ मंगलवार ०८:२७ मा प्रकाशित

कारबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ

कारबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ

चितवन । चितवन प्रहरीले १६८ किलो लागूऔषध गाँजासहित दुई जनालाई...

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...