back
CTIZAN AD

मुख्यसचिवलाई निवासमै बोलाएर देउवाले भने –विज्ञप्ति नसचिएसम्म नयाँ मन्त्रीमण्डलले शपथ लिँदैन

वि.सं.२०७८ असार २९ मंगलवार

831 

shares

२९ असार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने भएका छन् ।

प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने जानकारी गराएका छन् । राष्ट्रपतिले आज प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएका हुन् ।

कानुनविद्हरुले पनि देउवालाई संविधानको धारा नै उल्लेख नगरी गरिएको प्रधानमन्त्री नियुक्तको शपथ ग्रहण नगर्न सुझाव दिएका थिए । सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्ति गर्न आदेश दिए पनि राष्ट्रपति कार्यालयले देउवालाई ‘सर्वोच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको’ विज्ञप्ति जारी गरेको छ ।

मुख्य सचिव वैरागी देउवाको सन्देश लिएर शितल निवास फर्किएका छन् ।

दिउँसो प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले साँझ शपथ ग्रहण गर्ने त्यसलगत्तै अन्य मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम थियो ।

देउवाको नियुक्ती संविधानको कुन धाराअनुसार ? शितल निवासको अनोठौ विज्ञप्ती

वि.सं.२०७८ असार २९ मंगलवार १८:५४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...