३० असार, कुवेत । गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतको सातौं अधिबेशन २३ जुलाईमा हुने भएको छ ।
एनआरएनए कुवेतको जुलाई १३ मा बसेको बैठकले आगामी २३ जुलाईमा सातौ अधिबेशन सम्पन्न गर्ने निर्णय गर्दै निर्वाचन समितिलाई पूर्णता दिएको छ ।
बैठकले निर्वाचन प्रमुखमा सुजन केसी, उपप्रमुखमा गणेश रावत, सदस्य सचिवमा आनन्द आचार्य तथा सदस्यहरुमा बिमला पण्डित र केशर घलान तामाङलाई चयन गरेको छ ।
त्यस्तै लोमस बास्तोला र भुपेन्द्र मगर निर्वाचन अधिकृतको रुपमा चयन भएका छन् ।
यस्तो छ निर्वाचन कार्यतालिका


वि.सं.२०७८ असार ३० बुधवार १२:४२ मा प्रकाशित






























