back
CTIZAN AD

स्ववियुको निर्वाचन फागुन १८ गते

वि.सं.२०७३ फागुन ६ शुक्रवार

747 

shares

६ फागुन, काठमाडौँ । त्रिविले स्ववियुको नयाँ निर्वाचन कार्यतालिका विहिबार सार्वजनिक गर्ने भएको छ ।

त्रिविविका पदाधिकारी, मातहतका क्याम्पस प्रमुख र विद्यार्थी सङ्गठनको विहिबार साँझ सम्पन्न बैठकले यही फागुन १४ गते हुने निर्वाचनको मिति फागुन १८ गतेका लागि तय गर्दै नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।

आठ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन अनेरास्ववियु (क्रान्तिकारी) ले विभिन्न क्याम्पसमा तालाबन्दीका कारण प्रभावित भएको थियो । त्रिविविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले नयाँ निर्वाचनको मिति तयसँगै नयाँ कार्यतालिका तय भएको र सबै विद्यार्थी सङ्गठनलाई समेटेर लैजानका लागि निर्वाचन सारिएको बताउनुभयो । “केही विद्यार्थी सङ्गठनले क्याम्पसमा ताला लगाएका छन्”, उहाँले भन्नुभयो, “ती ताला खुलाउने र आन्दोलनरत पक्षलाई पनि समेट्नका लागि निर्वाचन सारिएको हो ।”

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले क्रान्तिकारीको महाधिवेशनका कारण सहभागिता जनाउन नसक्ने भएपछि सबैको सहमतिमा नयाँ मिति तय गरिएको बताउनुभयो ।

छलफलमा त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियाँ, रजिस्ट्रार उप्रेती, शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठी, काठमाडौँ उपत्यकाका सबै क्याम्पस प्रमुख, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नवीना लामा, क्रान्तिकारीका न्यौपानेसहित सबै विद्यार्थी सङ्गनठका नेताको सहभागिता थियो ।

त्रिविले फागुन १४ गतेका लागि निर्वाचन कार्यतालिका तयार गरिसकेको थियो । निर्वाचन कार्यतालिकानुसार आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका थियो । त्रिविले २०६५ सालयता आठ वर्षपछि स्ववियु निर्वाचन २८ वर्षीय उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा गर्न थालेको छ । त्रिविले यसअघि दुई पटक स्ववियु निर्वाचनको घोषणा गरे पनि विद्यार्थी विवादका कारण हुन सकेको थिएन ।

वि.सं.२०७३ फागुन ६ शुक्रवार ०३:४९ मा प्रकाशित

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु...

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा...

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी विभिन्न वस्तु तथा...

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच सिंहदरबारमा आज...

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) नागरिकता वा एनआरएन परिचयपत्र...