back
CTIZAN AD

रेडपाण्डाको छाला ओसारपसार गर्ने दुई पुरुष पक्राउ

वि.सं.२०७८ असार ३० बुधवार

627 

shares

३० असार, दाङ । दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु रातो हाब्रे (रेडपाण्डा)को छाला ओसारपसार तथा बिक्रीवितरण गरिरहेका दुई जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गा नगरपालिका–८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट दह ३ घर भई हाल जुनीचाँदी गाउँपालिका–७ बस्ने ४८ वर्षीय डिलबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उनीहरूलाई घोराही उपमहानगरपालिका–१६ गुरुवामा रातो हाब्रेको छाला बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट पुच्छरदेखि टाउँकासम्म दुई फिट १० इन्च लम्बाइ भएको नङ्ग्रासहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला एक थान, काइनेटिक टल्कने ढुङ्गा सानो ठूलो गरी ३२ वटा र मोबाइल एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ असार ३० बुधवार १७:२० मा प्रकाशित

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...