back
CTIZAN AD

कनेक्ट आइपिएसबाट हुने भुक्तानी रकम बढ्यो

वि.सं.२०७८ साउन १ शुक्रवार

723 

shares

१ साउन, काठमाडौँ । निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोवार रकममा वृद्धि भएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोवारमा कमी आएको थियो । गत वैशाखदेखि उपत्यकाका तीन जिल्लालगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा भुक्तानी रकममा कमी आएकामा जेठमा रकममा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको देशका वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत वैशाखको तुलनामा जेठमा कारोवार रकममा वृद्धि भएको हो ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार जेठमा कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । गत महिनाको तुलनामा जेठमा क्युआर स्क्यान, मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोवार रकममा कमी आएको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा मात्र कनेक्ट आइपिएस मार्फत रु १ अर्ब ६९ करोड ८४ लाख बढीको कारोवार भएको छ । जेठमा रु १ खर्ब ५८ अर्ब २५ लाख ४० हजार बढीको कारोवार भएकामा वैशाखमा रु १ खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोवार भएको थियो ।

इन्टरनेट बैंकिङमार्फत गत वैशाखमा रु १० अर्ब ८० करोड बराबरको कारोवार भएकामा जेठमा रु ११ अर्ब १४ करोड २० लाख बराबरको कारोवार छ । गत वैशाखको तुलनामा जेठमा एक अर्ब ६२ करोड बढीको कारोवार भएको छ । मोबाइल बैंकिङमार्फत गत वैशाखमा रु ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोवार भएकामा जेठमा रु ५३ अर्ब १६ करोड बराबरको कारोवार भएको छ । गत वैशाखको तुलनामा जेठमा मोबाइल बैंकिङमार्फत रु ४ अर्ब २७ करोड ३० लाख बढीको कारोबार भएको छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार १२:४८ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...