back
CTIZAN AD

एमालेको स्थायी समिति बैठक, यस्ता छन् बैठकका मुख्य ४ निर्णय

वि.सं.२०७८ साउन १ शुक्रवार

780 

shares

साउन १, काठमाडौं । नेकपा (एमाले)को स्थायी समिति बैठक सकिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागीता बिनै तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसेको बैठक केहि महत्वपूर्णं निर्णय गर्दै सकिएको हो ।

एमालेका प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार बैठकले अदालतको फैसलालाई मान्दै जनतामाझ जाने निर्णय गरेको छ । त्यस्तै बैठकले पार्टी विवाद समाधान गर्न गठित कार्यदललाई भंग गर्ने निर्णय पनि गरेको छ । उनका अनुसार बैठकले १० बुँदे प्रस्तावलाई ग्रहण गर्दै सिर्जनशील रुपमा कार्यान्वयन गर्ने पनि निर्णय भएको छ ।

बैठकले ओली नेतृत्वको सरकारले निकै ऐतिहासिक काम गरेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएको ज्ञवालीले जनाए । यस्तै बैठकले गठबन्धन सरकारलाई अलोकतान्त्रिक प्रक्रियाबाट निर्माण भएको ठहर गर्दै विश्वासको मत नदिने निर्णय गरेको छ ।

यस्ता छन् मुख्य निर्णयहरु

१. अदालतको फैसलालाई स्वीकार गर्दै जनतामाझ जाने ।

२. कार्यदलको १० बुँदे प्रस्तावलाई ग्रहण गर्दै सिर्जनशील रुपमा कार्यान्वयन गर्ने । कार्यदल भंग गर्ने ।

३. सरकारले गरेको ऐतिहासिक कामका लागि पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिने ।

४. गठबन्धनको सरकारलाई विश्वासको मत नदिने ।

सम्बन्धित समाचारहरू

बैठक स्थलबाट बाहिरियो माधव पक्ष, भीम रावल भन्छन् – ओलीजीबाट प्रस्ताव ठाडै अस्वीकार भयो

वि.सं.२०७८ साउन १ शुक्रवार १३:४७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...