back
CTIZAN AD

एमाले कार्यदल विघटन, विवाद थप किचाेलिने संकेत

वि.सं.२०७८ साउन १ शुक्रवार

735 

shares

साउन १, काठमाडौं । नेकपा (एमाले)को स्थायी समिति बैठकले पार्टी विवाद समाधान गर्न गठित कार्यदल विघटन गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागीता बिनै तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

एमालेका प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार बैठकले १० बुँदे प्रस्तावलाई ग्रहण गर्दै सिर्जनशील रुपमा कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ ।

‘पार्टीमा विद्यमान समस्या समाधानसम्बन्धमा सुझाब दिन गठित कार्यदलले तयार गरि बैठक समक्ष प्रस्तुत गरेको प्रस्ताव अनुमोदन गर्ने निर्णय गरिएको छ, प्रस्तावलाई सिर्जनात्मक र रचनात्मक रुपले कार्यान्वयन गर्ने निर्णय गरिएको छ’, बैठकका निर्णय सुनाउँदै प्रवक्ता ज्ञवालीले भने, ‘कार्यदलले आफ्नो जिम्मेवारी पुरा गरेकोमा कार्यदलमा रहनुभएका कमरेडहरुलाई धन्यवाद दिँदै कार्यदल विघटन गर्ने निर्णय गरिएको छ ।’

एमाले विवाद उत्कर्षमा पुगेको बेला गत जेठ २ मा दुवै पक्षका ५/५ जना सदस्य रहने गरि कार्यदल गठन गरिएको थियो । तर, कार्यदल गठन भएपश्चात पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक पक्षीय निर्णय गर्न थालेपछि कार्यदल निष्क्रिय बनेको थियो । दोस्रो संसद विघटनसँगै एमाले कार्यदल भंग जस्तो थियो ।

तर, प्रतिनिधि सभा विघटनविरुद्व सर्वोच्चमा सुनुवाई सकिएको दिन असार २१ मा कार्यदल पुनः सक्रिय भएको थियो । नाटकीय रुपमा सक्रिय भएको कार्यदलले असार २७ को मध्यरात १० बुँदे सहमति गरेको थियो । कार्यदलले गरेको सहमतिप्रति स्वंय माधवकुमार नेपाल भने सहमत छैनन् । उनले लगत्तै १० बुँदेका केहि सहमतिप्रति प्रश्न उठाउँदै आफ्नो अहसमति व्यक्त गरेका थिए ।

एमाले विवाद कायम रहेको र दोस्रो तहका नेताहरु विवाद समाधानको कोशिस गरिरहेकै बेला कार्यदलसमेत विघटन गरिनुलाई अर्थपूर्णं रुपमा लिइएको छ । कार्यदल विघटन गर्ने ओली पक्षको निर्णयले एमाले विवाद थप गम्भिर अवस्थामा गएको देखिन्छ ।

सम्बन्धित समाचार

एमालेको स्थायी समिति बैठक, यस्ता छन् बैठकका मुख्य ४ निर्णय

बैठक स्थलबाट बाहिरियो माधव पक्ष, भीम रावल भन्छन् – ओलीजीबाट प्रस्ताव ठाडै अस्वीकार भयो

वि.सं.२०७८ साउन १ शुक्रवार १४:२८ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...