१ साउन, काठमाडौं । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले साउन ५ गतेदेखि संचालन हुने परीक्षामा सहभागी हुने स्नातक तह दोस्रो वर्षका परीक्षार्थीहरुलाई त्रि.बिद्धारा निर्धारण गरिएका परीक्षा केन्द्रबाट परीक्षा दिन सम्भवव नभएकाहरुका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
त्रि.बिद्धारा निर्धारण गरिएका परीक्षा केन्द्रबाट परीक्षा दिन सम्भव नभएकाहरुले आफुलाई पायक पर्ने जिल्लास्थित दोस्रो वर्षका लागि कायम गरिएका परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई प्रवेशपत्र सहित छुट हुन गएका परीक्षामा समावेश हुनका लागि साउन ३ गतेसम्म निवेदन पेश गर्न कार्यालयले अनुरोध गरेको छ ।
यस्तो छ पूर्ण सूचना

वि.सं.२०७८ साउन १ शुक्रवार १४:५७ मा प्रकाशित





























