back
CTIZAN AD

हिमालय चिनी मिल सञ्चालनपछि किसान उत्साहित

वि.सं.२०७३ फागुन ६ शुक्रवार

702 

shares

२६ माघ,लहान। केही महिना अघिसम्म निराश देखिएका सिरहाको चन्द्रयोध्यापुर– ४ का असर्फी महतो अहिले निकै उत्साहित देखिनुुहुन्छ । चन्द्रअयोध्यापुरमै हिमालय चिनी मिल सञ्चालन भएपछि उहाँ उखुखेती गर्न उत्साहित हुनुभएको हो ।

विगतमा नजिकमा चिनी मिल नभएका कारण उहाँलाई उखु ढुवानी गर्न कठिनाई हुने गरेको थियो । मिलबाट उचित मुल्य नपाएका कारण पनि उहाँ निराश हुनुहुन्थ्यो । “कष्ट खेपेर उखु चिनी मिलसम्म पु¥याएपनि मिलले समयमा रकम दिँदैनथ्यो,” महतोले भन्नुभयो ।

गाउँमै चिनी मिल खुलेपछि अब उहाँलाई उखु अन्यत्र पु¥याउनुपर्ने बाध्यता छैन । “उखु ढुवानी गर्न सहज भएको छ,” उहाँले भन्नुभयो । हिमालय चिनी मिलबाट समयमै उखुको मुल्य पाउन थालेकाले उखुखेती गर्न उत्साह बढेको उहाँको भनाइ छ ।

जिल्लामा चिनी मिल नुहँदा महोत्तरीको एभरेष्ट चिनी मिलसम्म उखु पु¥याउँदै आएका बिष्णुपुरका सन्तलाल साह पनि गाउँ नजिकै चिनी मिल खुलेपछि खुसी हुनुहुन्छ । “मिलले समयमा उखुको मुल्य नदिँदा उखुखेती नै छाड्ने अवस्थामा पुगेको थिए,” उहाँले भन्नुभयो ।

आफ्नै गाउँमा चिनी मिल खुलेपछि उखुको ढुवानी सहज र सस्तो भएको चन्द्रअयोध्यापुरका सोभित महतोको भनाइ छ । चन्द्रयोध्यापुरमा हिमालय चिनी मिल सञ्चालनमा आएपछि सिरहा र सप्तरीका उखु किसान हर्षित भएका छन् । सो मिलले गत मङ्सिर २० गतेदेखि चिनी उत्पादन थालेको हो ।

उक्त मिलले करिब ३५० जनालाई रोजगारी दिएको छ । मिल सञ्चालन भएको दुई महिनाकै अवधिमा २० हजार क्विन्टल चिनी उत्पादन गरी बिक्री गरेको मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जानकारी दिनुभयो । किसानलाई समयमा उखुको सुपथ मूल्यसँगै बीउ तथा सिँचाइ सुविधामा अनुदान दिँदै आएको उहाँ बताउनुहुन्छ । सो मिलले अहिले उखु प्रतिक्विन्टल रु ५१७ मा खरिद गर्दै आएको छ ।

सिरहासहित सप्तरी, धनुषा, सर्लाहीका साथै छिमेकी मुलुक भारतका कतिपय ठाउँबाट समेत उखु मिलसम्म ल्याउने गरिएको छ । जिल्लामा करिब २५ हजार बिगाहा जग्गामा उखु खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

वि.सं.२०७३ फागुन ६ शुक्रवार ०८:०४ मा प्रकाशित

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...