back

कोसीपारी पहिलोपटक जिप र ट्र्याक्टर पुग्दा खुसीयाली

वि.सं.२०७३ फागुन ६ शुक्रवार

564 

shares
IME Limited
NTC AD

 ६ फागुन,सोलुखुम्बु । सोलुखुम्बुको अत्यन्तै विकट क्षेत्र कोसीपारीका गाउँमा पहिलोपटक सडक यातायातको साधन पुग्दा स्थानीयवासीले खुसीयाली मनाएका छन् ।

आज दूधकोसीको दिप्लीघाटबाट तारेर पावै गाविसमा एउटा जिप र एउटा ट्र्याक्टर पु¥याएपछि स्थानीयवासीले सवारीसाधन तथा चालकलाई फूलमाला र अबीर लगाउनुको साथै नाचगानसमेत गरेका थिए ।

केही महिनाअघि सोही दिप्लीघाटबाट पारी गएर डोजरले पावै गाविसमा सडकको ट्र्याक खोलेपछि आज पहिलोपटक जिप र ट्र्याक्टर पारी तारिएको हो ।

दूधकोसीभन्दा पारी रहेका र भौगोलिक रुपका अत्यन्तै विकट जिल्लाका वाकु, पावै, बुङ, छेस्काम, सोताङ र लोखिम गाविसका बासिन्दा सवारी साधन दूधकोसी तरेपछि खुसी भएका हुन् ।

जिप र ट्र्याक्टर कोसी तार्ने समारोहमा उपस्थित पावैका नीरज राईले आजको दिन कोसीपारीका बासिन्दाका लागि जीवनकै खुसीको दिन भएको बताउनुभयो ।

वि.सं.२०७३ फागुन ६ शुक्रवार ०९:५६ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...