back
CTIZAN AD

समृद्धिका लागि राजनीति–सभापति अधिकारी

वि.सं.२०७३ फागुन ६ शुक्रवार

726 

shares

६ फागुन,बागलुङ । व्यवस्थापिका ससंद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले राजनीतिले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय वाणिज्य सङ्घ बागलुङ शाखाले आयोजना गरेको सडक खाना महोत्सवको शुक्रबार उद्घाटन गर्दै सभापति अधिकारीले अधिकारको राजनीति गर्ने समय सकिएको उल्लेख गर्नुभयो । उहाँले राजनीतिप्रति बढेको निराशा र कुण्ठालाई समाप्त पार्न मुलुकलाई समृद्धितिर लानुपर्ने बताउनुभयो ।

‘सुखी नेपाली र समृद्ध नेपालको लागि अबको राजनीति केन्द्रित हुनुपर्छ’ सभापति अधिकारीले भन्नुभयो “नागरिकको जीवन जिउने र सोँच्ने तरिकामा परिवर्तन ल्याउनैपर्छ ।”

उहाँले अस्थिर राजनीतिले लोकतन्त्र र राज्यका संरचनालाई कमजोर पारिरहेको विचार राख्नुभयो । “राजनीतिक नेतृत्वले अब आफूलाई सच्चाउनैपर्छ, एक–अर्कालाई गाली गरेर बस्ने समय छैन” नेता अधिकारीले भन्नुभयो

उहाँले संविधान कार्यान्वयनको लागि निर्वाचन पहिलो सर्त रहेको भन्दै आगामी माघभित्रै तीनै तहको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । आवधिक निर्वाचनले मात्र लोकतन्त्र र प्राप्त उपलब्धिको संस्थागत विकास हुने उहाँको भनाइ छ ।

संसद्को विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको कामलाई तीव्रता दिन अगुवाइ गरिरहेको उहाँले बताउनुभयो ।

प्रदेश नं– ४ का सबै जिल्ला समेट्ने गरी चक्रपथ निर्माणको योजना अघि बढाउन आवश्यक अध्ययन सुरु गरिएको उहाँको भनाइ छ ।

वि.सं.२०७३ फागुन ६ शुक्रवार १०:५० मा प्रकाशित

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...