back
CTIZAN AD

१२ हजार सवारी साधन कारवाहीमा, ६७ लाख बढी राजश्व सङ्कलन

वि.सं.२०७८ साउन ३ आइतवार

690 

shares

३ साउन, गलकोट । गत आर्थिक वर्षमा बागलुङमा १२ हजार एक सय सवारीसाधान कारवाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा कारवाहीमा परेका सवारी चालकबाट रु ६७ लाख ७३ हजार ५०० राजश्व सङ्कलन भएको छ ।

ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारीसाधानबाट राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख तथा प्रहरी सहायक निरीक्षक बद्रीनाथ शर्माले जानकारी दिए । “गाउँदेखि शहरसम्म व्यापक मात्रामा ट्राफिक नियमको उल्लङ्न भइरहेको छ”, उनले भने, “यसलाई थप व्यवस्थित बनाउन लागिपरेको छु ।”

कारवाहीमा परेकामध्ये सबैभन्दा बढी कार, जीपका चालक रहेका छन् । सो अवधिमा कारवाहीमा परेका पाँच हजार १४१ कार जीपबाट रु २७ लाख ६३ हजार ५०० राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

यसैगरी सो अवधिमा कारवाहीमा परेका तीन हजार ८६८ मोटरसाइकलबाट रु २३ लाख नौँ हजार ५०० राजश्व सङ्कलन भएको छ । त्यस्तै गत आर्थिक वर्षमा कारवाहीमा परेका एक हजार ३६९ ट्याक्टरबाट रु सात लाख ३६ हजार ५००, एक हजार २६० ट्रकबाट रु सात लाख १३ हजार ५००, ४५३ बसबाट रु दुई लाख ४४ हजार गरी ६७ लाख ७३ हजार ५०० र अन्य नौँ वटा साधानबाट छ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख शर्माले बताए ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार सवारी कारवाहीबाट गत आर्थिक वर्षको साउनमा रु दुई लाख ८३ हजार, भदौमा रु तीन लाख २२ हजार ५००, असोजमा रु ६ लाख तीन हजार ५००, कात्तिकमा रु ६ लाख एक हजार ५००, मङ्सिरमा रु ६ लाख ६७ हजार ५००, पुसमा रु सात लाख दुई हजार ५००, माघमा रु सात लाख २३ हजार ५००, फागुनमा रु सात लाख ४८ हजार ५००, चैतमा रु सात लाख ५१ हजार, वैशाखमा रु पाँच लाख ५४ हजार, जेठमा रु तीन लाख १० हजार ५०० र असारमा रु पाँच लाख पाँच हजार ५०० राजश्व सङ्कलन भएका छन् ।

ट्राफिक प्रहरीले सबैभन्दा बढी राजश्व चैत महिनामा सङ्कलन गरेको छ । चैत महिनामा रु सात लाख ५१ हजार सङ्कलन गरेको छ भने सबैभन्दा कम साउन महिनामा गरेको छ । साउन महिनामा दुई लाख ८३ हजार मात्रै राजश्व सङ्कलन भएको छ ।

वि.सं.२०७८ साउन ३ आइतवार १३:४६ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...