back
CTIZAN AD

ओली पक्षले गरेको निर्णयको विरुद्धमा देखिए वामदेव

वि.सं.२०७८ साउन ३ आइतवार

678 

shares

साउन ३, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको निर्णयको विरुद्वमा देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मत हाल्ने सांसद एमालेका रहँदैनन् भन्ने निर्णय असंवैधानिक भएको उनको भनाई छ ।

सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) मा सांसदहरुलाई ह्वीप लगाउन नहुने फैसला गरेको सन्दर्भमा ओली पक्षीय स्थायी समिति बैठकले सांसदहरुलाई ह्वीप लगाएको भन्दै उनले विरोध गरेका छन् । ओलीको निर्णय संविधान विरोधी भएको उनको टिप्पणी छ ।

‘ह्वीप लगाउनुहुँदैन भन्ने सर्वोच्च अदालतको संवैधानिक इजलासको निर्णय हो, इजलासको यो निर्णय मान्नेहरू संविधान मान्ने हुन्, जसले इजलासको निर्णयको विरोध गर्छन्, तिनीहरू संविधान मान्ने होइनन्’, सञ्चार माध्यमसँगको कुराकानीमा उनले भनेका छन् ।
नेता गौतमले संविधान मान्ने पार्टीले ह्वीप लगाउन नमिल्ने बताएका छन् ।

आइतबार बसेको एमालेको ओली पक्षीय स्थायी समिति बैठकले सांसदहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मतदान गर्न निर्देशन गरेको छ । बैठकले देउवाको पक्षमा भोट गर्ने सांसद एमालेको सांसद नरहने पनि निष्कर्ष निकालेको छ ।

नेता माधवकुमार नेपाल पक्षले देउवालाई सहयोग गर्ने तयारी गरेका बेला ओलीले यस्तो निर्णय गराएका हुन् । ओली पक्षमा देखिएका गौतमको पछिल्लो अभिव्यक्तिले माधव पक्षलाई सघाएको टिप्पणी धेरैको छ ।

सम्बन्धित समाचार

एमाले बैठकको निष्कर्ष : देउवाको पक्षमा भोट दिनेहरु पार्टीमा रहन्नन्

वि.सं.२०७८ साउन ३ आइतवार १५:५१ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...