back
CTIZAN AD

कामपाद्वारा एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह

वि.सं.२०७८ साउन ४ सोमवार

855 

shares

४ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ ।

महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिकसत्र २०७७ को एसइईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ को भर्ना नलिन सबै मावि कलेजलाई आग्रह गरेको हो ।

शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गरेका सूचनामा भनिएको छ, “कक्षा ११ मा भर्ना गर्दाको समयमा नै ११ र १२ मा विद्यार्थीसँग लिने शुल्क तोक्नुपर्ने, विद्यार्थीसँग रजिस्टे«सन दस्तुर, परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिनुपर्ने, विद्यार्थीलाई किताब, कपी, पोशाक र शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा किन्नका लागि बाध्य नबनाउनु ।”

त्यसैगरी कक्षा ११ र १२ मा विद्यार्थीलाई दिइने सेवा र उनीहरुबाट लिइने शुल्क केकति हो यही साउन १५ गतेभित्र विभागलाई बुझाउनुपर्ने र कलेजले तोकेबमोजिम छात्रावृत्ति अनिवार्यरुपमा प्रदान गराउने तथा उक्त सुविधा पाउने विद्यार्थीको विवरण शैक्षिकसत्र शुरु भएको दुई महिनाभित्र विभागमा बुझाउन भनिएको छ ।

वि.सं.२०७८ साउन ४ सोमवार १७:०५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...