५ साउन, काठमाडौं । नेकपा एमालेको दशौं केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा आज दिउँसो तीनबजे बस्ने भनिएको उक्त बैठकले २४ घण्टाभित्र २२ नेतालाई सोधिएको स्पष्टीकरणबारे निर्णय गर्ने तथा महाधिबेशनको तयारी र समितिहरु गठनको घोषणा हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।
सोमबार बसेको बैठकले नेपाली कांग्रेसका सभापति तथा प्रधामन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिनेमा एमालेका अध्यक्ष केपी ओली पक्षका ८ नेतासमेत रहेका छन् । सोमबारको बैठकमा नेता नेपाल पक्षका नेताहरु भने सहभागी थिएनन् ।
वि.सं.२०७८ साउन ५ मंगलवार ०८:५० मा प्रकाशित






























