back
CTIZAN AD

कसरी अगाडि बढ्ने ? निर्णय लिन माधव पक्षीय सांसदहरु बैठक बस्दै

वि.सं.२०७८ साउन ५ मंगलवार

693 

shares

साउन ५, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदहरुको बैठक बस्ने भएको छ । माधव पक्षीय सांसद मेटमणि चौधरीले बताएअनुसार बानेश्वरस्थित अर्याल होटलमा दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा आगामी कदमबारे छलफल हुने उनले बताए । उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणबारे पनि बैठकले निर्णय लिनेछ ।

सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, माधव पक्षले प्रारम्भिक रुपमै स्पष्टीकरण नदिने बताएको थियो ।

माधव पक्षले स्पष्टीकरणका नदिएको आधारमा कारबाही गर्न खोजीए अदालतमा मुद्दा हाल्ने पनि चेतावनी दिएको छ । बताइएअनुसार स्पष्टीकरणसहित अन्य विषयमा बैठकले निर्णय लिनेछ ।

मंगलबार मात्रै सरकारमा सहभागिताको विषयमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेता माधव नेपाललाई भेटेका थिए । नेता नेपालसँगको भेटपछि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकार सञ्चालनका विषयमा केहि महत्वपूर्णं सहमतिसमेत गरेका छन् ।

प्रचण्डले नेता माधव नेपालले दिएको सुझाबका आधारमा पनि देउवासँग सहमति गरेको बुझिएको छ ।

वि.सं.२०७८ साउन ५ मंगलवार १४:२० मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...