back
CTIZAN AD

मेडिसिटी र यती एयरलाइन्सको सहकार्यमा एयर एम्बुलेन्स सेवा

वि.सं.२०७८ साउन ६ बुधवार

702 

shares

६ साउन, काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र यती एयरलाइन्स एवं तारा एयरबीच हवाईजहाजमार्फत् बिरामीको उद्धार गर्ने सहकार्यका लागि सम्झौता भएको छ ।

अस्पतालका महाप्रबन्धक विजय रिमाल र एयरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड्गामीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रअनुसार, देशमा हेलिकप्टर तथा चार्टर्ड फ्लाइटबाट बिरामीलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एयरलाइन्स तथा तारा एयरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने छन् ।

सम्झौता कार्यान्वयनसम्बन्धी व्यवस्थाले बिरामीलाई रात्रीकालिन उद्धार उडान गर्नसमेत सहज हुनेछ ।

मेडिसिटी अस्पतालले बिरामीलाई हवाई तथा ग्राउण्ड ऐम्बुलेन्समार्फत् आकस्मिक तथा उद्धारमा गुणस्तरीय सेवा प्रदान गर्दै आएकोमा यतीसँगको सहकार्यले यो सेवा थप विस्तारित हुने अस्पतालका महाप्रबन्धक रिमालले बताए ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार मेडिसिटी अस्पतालसँगको सहकार्यले हाम्रा उडान सेवा उपलब्ध हुने स्थानबाट आकस्मिक उपचार तथा एयर लिफ्ट गरी थप उपचारको लागि बिरामीको आवश्यकताअनुसार जुनसुकै समयमा विमानलाई तुरुन्तै एयर एम्बुलेन्समा परिणत गरी विशेष सेवा उपलब्ध हुनेछ ।
कोरोना महामारी स्थितिमा उपलब्ध हवाई सेवाले दुर्गम क्षेत्रका जनताले समयमै उपचार पाउन सहयोग पुग्ने छ ।

वि.सं.२०७८ साउन ६ बुधवार ०७:२३ मा प्रकाशित

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...