Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

स्वस्थ्य रहनका लागि त्याग्नुहोस् यस्ता बानी



bad-habbitनियमित स्वस्थ्य खानपान र व्ययामले मात्रै हामीलाई स्वस्थ्य राख्न सक्तैन । बिहान उठेदेखि राती नसुत्दा सम्म यस्तो धेरै बानीहरू हुन्छन् जसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेका हुन्छन् । सोच्नुहोस्, दिनभरिमा तपाईंको कै कस्ता तपाईंको स्वास्थ्यमा असर पारिरहेको छ त ? कुनै पनि नराम्रा बानीहरू छोड्नका लागि समय लाग्दैन । त्यसैले तपाईंको स्वास्थ्यमा असर पार्ने त्यस्ता बानीहरू तुरुन्त छोड्नुहोस् । नराम्रा बानीहरू छोड्दै जाँदा स्वास्थ्य सबल बन्छ भने छोडिदिनुस् गलत आचारण । तपाईले छोड्नै पर्ने नराम्रा बानीहरू :-

लगातार खाने बानी
हामीहरू धेरैको यो सोचाइ छ, खाना एकैपटक नखाएर थोरै थोरै खाएमा मोटोपन बढ्दैन । तर, स्वास्थ्य विज्ञहरूका अनुसार यो सोचाइ गलत हो । यस अर्थमा की धेरैपटक खाइरहँदा सबै खानेकुराहरू स्वार्थबद्र्धक नहुने र त्यसमा जंकफुडहरू पनि समाबेस गर्दा शरीरलाई नोक्सान हुन्छ । यसले डाइबिटिज, हृदयरोग र अन्य गम्भीर खालका बिमारहरू लाग्न सक्छन् ।
बढी खानु
तपार्ईं मोटोपनको शिकार त हुनुहुन्न ? यो कुरामा ध्यान दिनुहोस् कहि तपाईंमा धेरै खाने बानीको विकास त भएको छैन ? धेरै मानिसहरू चाहेर पनि यस्तो बानीलाई नियन्त्रण गर्न सक्तैनन्् । खाना खाँदा पेट भरिए पनि उनीहरू थालमा रहेको खानेकुरा सक्नकै लागि भनेर बढी खाइरहेका हुन्छन् । तपाईंको यस्तो बानीले पनि स्वास्थ्यमा समस्या पारिरहेको हुन्छ ।
बढी खानबाट कसरी जोगिने ?
आफ्नो अगाडि मनपर्ने खानेकुरा देख्दा मनलाई रोक्न सक्नुहुन्न भने त्यसलाई एकैपटक नखाएर हप्तामा एक दुईपटक मात्रै खाने बानी गर्नुहोस् । धेरै मात्रामा पानी पिउने बानी गर्नुहोस् । निरन्तर पानी पिउने बानीले तपाईंलाई भोक कम लाग्छ । यो कुरामा सधैं ध्यान दिनुहोस, तपाईं जति धेरै खाना प्लेटमा राख्नुहुन्छ त्यतिधेरै बढी खाने बानीको विकास हुँदै जान्छ ।
धुम्रपानको लत
कतिपय मानिसहरू अरुलाई देखाउन या फेसनका रुपमा ध्रुमपान गर्ने गर्छन् । साथीभाइका बीच देखाउनकै लागि धुम्रपान गर्नाले बिस्तारै बानी पर्दै जान्छ । त्यसैले यस्ता कुराहरूमा जोड नदिनुहोस् । यस्ता बानीहरू लागिसकेका छन भने दृढ इच्छा बनाएर छोडि हाल्नुहोस । धुम्रपान एकैपटक छोड्न नसक्दा नहड्बढाउनुस् । तपाईंलाई ध्रुमपान गर्न मन लाग्दा एकछिन मनलाई सम्हाल्नुस । बिस्तार धेरैबाट कम र कमबाट पुरै छाड्ने दृढ संकल्प लिनुहोस् । संसारमा असम्भब भन्ने केही हुँदैन ।
मद्यपानको बानी
हरेक दिन मद्यपान गर्नु कतिपय मानिसहरूका लागि विष समान हुन्छ । जो महिलाहरूमा हरेक दिन मद्यपान गर्ने बानी हुन्छ, उनीहरूको लिभरमा समस्या र स्तन क्यान्सरको खतरा बढ्दै जान्छ । पुरुषहरूको लागि पनि मद्यपान ज्यादै खतरा हुन्छ । जसले हृदयरोग, उच्च रक्तचाप जस्ता समस्याहरूलाई निम्त्याउँछ । त्यसैले बिस्तारै यस्ता बानीहरू छोड्दै जानुहोस् । तपाईं मद्यपान छोड्न सकिरहनु भएको छैन भने परामर्शकर्ताको सहयोग लिनुहोस् । यसको साथै डाक्टरको सल्लाहका औषधी पनि लिनुहोस् । केही औषधीले मद्यपानको लत लागेका मानिसहरूलाई छुट्कारा पाउन सहयोग गर्छ । यस्तो औषधीले मद्यपानबाट हुने बिरामीलाई पनि ठिक गरिदिन्छ । त्यसैले स्वास्थ्यका लागि हानी हुने बानीको पहिचान गरेर गम्भीर बिरामी हुनबाट आजैदेखि बच्नुहोस् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।