back
CTIZAN AD

बिहानै खालीपेटमा पानी पिउनुको पिउनुको ७ फाइदा

वि.सं.२०७३ फागुन ७ शनिवार

1.5K 

shares

driking water

अधिकांश मानिसहरूमा बिहान खाली पेटमा एक गिलास पानी पिउने बानी त हुन्छ । तर, बिहानै उठ्ने बित्तिकै पानी पिउँदा के फाइदा हुन्छ भन्ने कमैलाई थाहा हुन्छ । बिहानै पानी पिउने बानी नियमित मात्रै नभएर यसले विभिन्न प्रकारका रोगहरू रोक्न पनि निकै सहयोग गरिरहेको हुन्छ ।
आउनोस जानौ“ के के रहेछन त यी फाइदाहरू :
भोक लाग्नु : जब बिहान पेट सफा हुँदैन मानिसलाई भोक लाग्दैन । भोक नहुँदा तपार्ईंंको शरीरलाई चाहिने आवश्यक पोषणतत्व पाइँदैन । यदि तपार्ईंले बिहान उठ्नासाथ एक गिलास पानी पिउनु भयो भने तपार्ईंको पेट सफा हुन्छ । यसले तपार्ईंलाई भोक पनि जगाउँछ ।
पेट सफा रहन्छ : जब तपार्ईं बिहान उठ्ना साथ पानी पिउनुहुन्छ तब तपार्ईंलाई ट्वाइलेट जान मन लाग्छ । यसबाट तपार्ईंको पेट सफा बन्दै जान्छ र कब्जियतको समस्या पनि हुँदैन ।
शरीरको दुर्गन्ध बाहिर निस्कन्छ : जब तपार्ईं बिहानै उठेर पानी पिउनुहन्छ, तपार्ईंको शरीरमा रहेको फोहर बाहिर निस्कन्छ । पानीले शरीरमा रहेको हरेक फोहर बाहिर निकाल्न मद्दत गर्दछ ।तपार्ईंले धेरै पानी पिएर पिसाब गर्दा पिसाबबाट शरीरभित्रका धेरै फोहर बाहिर निस्कन्छ र तपाईंले आनन्द महशुस गर्नु हुनेछ ।
दुःखाइबाट छुट्कारा : धेरै मानिसहरू धेरै समय सुतेर पनि बिहान उठ्नासाथ टाउको दुखेको तथा भारी भएको महशुस गर्छन् । हामी धेरैलाई यो थाहा छैन की, शरीरमा पानीको कमीका कारण पनि टाउको भारी भएको हो या दुखेको हो भनेर । यदि तपार्ईंंंलाई पनि यस्तो समस्याले सताउने गरेको छ भने बिहान उठ्नासाथ खालीपेटमा प्रशस्त पानी पिउने बानी गर्नुहोस् ।
रगतमा वृद्धि : बिहान खाली पेटमा पानी पिउँदा तपार्ईंको शरीरमा रगत वृद्धि हुन्छ । खास गरेर बिहान खाली पेटमा पानी पिउँदा रेड ब्लड सेल्स छिटो छिटो बढ्छन् । त्यसैले तपार्ईंको शरीरमा रगतका कमीको समस्या बढेको छ भने बिहान उठ्नासाथ पानी पिउने बानी बसाल्नुस त्यसले तपार्ईंलाई फाइदा गर्दछ ।
मोटोपन कम हुन्छ : तपार्ईं मोटोपन घटाउन चाहानुहुन्छ भने ।बिहान उठ्नासाथ खाली पेटमा पानी पिउने गर्नुहोस् ।खाली पेटमा पानी पिउँदा शरीरमा रहेको खराब ट्रान्सफ्याट बाहिर निकाल्नुका साथै शरीरमा मोटाब्लिजम बढाउने काम पनि गर्छ । यस कारण तपार्ईंको मोटोपन कम हुँदै जान्छ ।
अनुहारमा चमकता : जब तपार्ईं बिहानै उठेर पानी पिउनुहुन्छ । तपार्ईंको अनुहारमा चमकता आउँछ । यस्तो बानीले अनुहारमा रहेको डन्डीफोर हराउने र अनुहार सफा हुन्छ । अनुहारमा ताजापन आउनु भनेको पेट स्वस्थ्य रहनु पनि हो । यदि कुनैपनि व्यक्तिको पेट सफा छैन, कब्जियत बढेको छ भने अनुरहारमा पनि चमकता हराउँदै जान्छ ।

वि.सं.२०७३ फागुन ७ शनिवार ०४:२३ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...