Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

बिहानै खालीपेटमा पानी पिउनुको पिउनुको ७ फाइदा



driking water

अधिकांश मानिसहरूमा बिहान खाली पेटमा एक गिलास पानी पिउने बानी त हुन्छ । तर, बिहानै उठ्ने बित्तिकै पानी पिउँदा के फाइदा हुन्छ भन्ने कमैलाई थाहा हुन्छ । बिहानै पानी पिउने बानी नियमित मात्रै नभएर यसले विभिन्न प्रकारका रोगहरू रोक्न पनि निकै सहयोग गरिरहेको हुन्छ ।
आउनोस जानौ“ के के रहेछन त यी फाइदाहरू :
भोक लाग्नु : जब बिहान पेट सफा हुँदैन मानिसलाई भोक लाग्दैन । भोक नहुँदा तपार्ईंंको शरीरलाई चाहिने आवश्यक पोषणतत्व पाइँदैन । यदि तपार्ईंले बिहान उठ्नासाथ एक गिलास पानी पिउनु भयो भने तपार्ईंको पेट सफा हुन्छ । यसले तपार्ईंलाई भोक पनि जगाउँछ ।
पेट सफा रहन्छ : जब तपार्ईं बिहान उठ्ना साथ पानी पिउनुहुन्छ तब तपार्ईंलाई ट्वाइलेट जान मन लाग्छ । यसबाट तपार्ईंको पेट सफा बन्दै जान्छ र कब्जियतको समस्या पनि हुँदैन ।
शरीरको दुर्गन्ध बाहिर निस्कन्छ : जब तपार्ईं बिहानै उठेर पानी पिउनुहन्छ, तपार्ईंको शरीरमा रहेको फोहर बाहिर निस्कन्छ । पानीले शरीरमा रहेको हरेक फोहर बाहिर निकाल्न मद्दत गर्दछ ।तपार्ईंले धेरै पानी पिएर पिसाब गर्दा पिसाबबाट शरीरभित्रका धेरै फोहर बाहिर निस्कन्छ र तपाईंले आनन्द महशुस गर्नु हुनेछ ।
दुःखाइबाट छुट्कारा : धेरै मानिसहरू धेरै समय सुतेर पनि बिहान उठ्नासाथ टाउको दुखेको तथा भारी भएको महशुस गर्छन् । हामी धेरैलाई यो थाहा छैन की, शरीरमा पानीको कमीका कारण पनि टाउको भारी भएको हो या दुखेको हो भनेर । यदि तपार्ईंंंलाई पनि यस्तो समस्याले सताउने गरेको छ भने बिहान उठ्नासाथ खालीपेटमा प्रशस्त पानी पिउने बानी गर्नुहोस् ।
रगतमा वृद्धि : बिहान खाली पेटमा पानी पिउँदा तपार्ईंको शरीरमा रगत वृद्धि हुन्छ । खास गरेर बिहान खाली पेटमा पानी पिउँदा रेड ब्लड सेल्स छिटो छिटो बढ्छन् । त्यसैले तपार्ईंको शरीरमा रगतका कमीको समस्या बढेको छ भने बिहान उठ्नासाथ पानी पिउने बानी बसाल्नुस त्यसले तपार्ईंलाई फाइदा गर्दछ ।
मोटोपन कम हुन्छ : तपार्ईं मोटोपन घटाउन चाहानुहुन्छ भने ।बिहान उठ्नासाथ खाली पेटमा पानी पिउने गर्नुहोस् ।खाली पेटमा पानी पिउँदा शरीरमा रहेको खराब ट्रान्सफ्याट बाहिर निकाल्नुका साथै शरीरमा मोटाब्लिजम बढाउने काम पनि गर्छ । यस कारण तपार्ईंको मोटोपन कम हुँदै जान्छ ।
अनुहारमा चमकता : जब तपार्ईं बिहानै उठेर पानी पिउनुहुन्छ । तपार्ईंको अनुहारमा चमकता आउँछ । यस्तो बानीले अनुहारमा रहेको डन्डीफोर हराउने र अनुहार सफा हुन्छ । अनुहारमा ताजापन आउनु भनेको पेट स्वस्थ्य रहनु पनि हो । यदि कुनैपनि व्यक्तिको पेट सफा छैन, कब्जियत बढेको छ भने अनुरहारमा पनि चमकता हराउँदै जान्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले