७ साउन, काठमाडौं । नेपालमा आज २७१४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९,१२२ पिसीआर र ३७०७ ऐन्टिजेन गरी १२,८२९ वटा नमुना परीक्षणमा २७१४ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ८५, ललितपुरमा १३० जना र काठमाडौंमा ५२६ जना गरी उपत्यकामा आज ७४१ जना संक्रमित थपिएका छन् । बुधवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या केही बढेको छ ।
नेपालमा हालसम्म ३५ लाख ४ हजार १९१ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको २ लाख ७८ हजार ५६९ गरी ३७ लाख ८२ हजार ७६० नमुना परीक्षणमा हालसम्म ७ लाख २७ हजार २७४ जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १२८८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १२८८ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २४ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,६६१ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
मन्त्रालयका अनुसार नेपालमा हाल २७ हजार ३७४ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २४ हजार ६१६ र संस्थागत आइसोलेशनमा २७५९ जना रहेका छन् । बुधवारको तुलनामा दुवै आइसोलेशनमा बस्नेको संख्या बढी देखिएको छ ।
वि.सं.२०७८ साउन ७ बिहीवार १६:५८ मा प्रकाशित




























