back
CTIZAN AD

आज २८३८ मा कोरोना संक्रमण, ३० जनाको मृत्यु

वि.सं.२०७८ साउन ६ बुधवार

972 

shares

६ साउन, काठमाडौं । नेपालमा आज २८३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ८७१५ पिसीआर र ३९०१ ऐन्टिजेन गरी १२,६१६ वटा नमुना परीक्षणमा २८३८ जना संक्रमित थपिएका हुन् ।

मंगलवारको तुलनामा आज थपिएका संक्रमितहरुको संख्या केही घटेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ७९, ललितपुरमा १२८ जना र काठमाडौंमा ४९० जना गरी उपत्यकामा आज ६९७ जना संक्रमित थपिएका छन् । मंगलवारकोे तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या केही घटेको छ ।

नेपालमा हालसम्म ३४ लाख ९५ हजार ६९ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको २ लाख ७४ हजार ८६२ गरी ३७ लाख ६९ हजार ९३१ नमुना परीक्षणमा हालसम्म ७ लाख २४ हजार ५६० जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १४७५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १४७५ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ३६ हजार ४०२ जना निको भइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३० जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,६३७ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २६ हजार ८३२ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २४ हजार ३४० र संस्थागत आइसोलेशनमा २४९३ जना रहेका छन् । सोमवारको तुलनामा दुवै आइसोलेशनमा बस्नेको संख्या केही बढेको छ ।

कति छन् त आइसीयु र भेन्टिलेटरमा ?
देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ६२७ र भेन्टिलेटरमा १७१ जनाको उपचार भइरहेको छ ।

मन्त्रालयको विवरण अनुसार हालसम्म सबैभन्दा बढीको आइसीयुमा उपचाररत रहेका प्रदेशमा वागमतीमा ३४०, प्रदेश १ मा १३९, प्रदेश २ मा ८,गण्डकीमा ७०, लुम्बिनीमा ५२, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी ६२७ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

त्यस्तै सबैभन्दा बढी प्रदेश १ मा ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । साथै वागमतीमा ९९, गण्डकीमा ११, लुम्बिनीमा ५, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ३ जना गरी १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

आठ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित
स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारसम्म ५ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेकोमा यो साता तीन जिल्लामा थपिएका छन् । त्यसमा नवलपरासीपूर्व, रुपन्देही, कैलाली जिल्लामा सक्रिय संक्रमितको संख्या बढिरहेको छ ।

फेरि बढ्न थाल्यो कोरोना संक्रमित हुनेको संख्या, आज ३१०८ संक्रमित, २५ को मृत्यु

वि.सं.२०७८ साउन ६ बुधवार १७:१८ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...