Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

पर्खालमा च्यापिएर एक मदजुरको मृत्यु तीन गम्भीर घाइते



७ फागुन, पर्सा  । वीरगन्जको आदर्शनगरमा आज बिहान पर्खाल भत्किँदा त्यसमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ ।

वीरगन्ज उपमहानगरपालिका–१३ आदर्शनगर निवासी श्यामबाबुप्रसाद गुप्ताको घरको पर्खाल भत्किँदा त्यसमा च्यापिएर रौतहट रमौलाती गाविस–४ निवासी वर्ष २६ का रामपुरकार सहनीको मृत्यु भएको हो ।

सो घटनामा रौतहटकै रमौली–४ निवासी उपेन्द्र दास, वडा नम्बर २ निवासी बालेश्वर सहनी र रौतहट मदनपुर–१ निवासी गणेश साह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

एसियाली विकास बैंक एडिबीको अनुदानमा वीरगन्जमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजनाअन्तर्गत वीरगन्जको आर्दशनरमा निर्माण भइरहेको ढल तथा नालाको निर्माण कार्य भइरहेको बेला गुप्ताको घरको पर्खाल भत्किँदा चारै जना मजदुर च्यापिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर जोशीले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा