back
CTIZAN AD

एक वर्षमा तेह्र हजार बढीलाई नागरिकताको प्रमानपत्र

वि.सं.२०७८ साउन ८ शुक्रवार

768 

shares

८ साउन, झापा । जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७७/७८ मा १३ हजारभन्दा बढीले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् ।

तीमध्ये वंशजका आधारमा १२ हजार ८४३ जना र वैवाहिक अङ्गीकृतका आधारमा १८२ जनालाई नागरिकता प्रदान गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।

सोही अवधिमा छ हजार १८८ जनालाई राहदानी वितरण, ८६ वटा सङ्घसंस्था दर्ता, १६५ जना नाबालकको परिचयपत्र जारी र दुईवटा पत्रपत्रिका दर्ता गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

उक्त एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालय झापामा विभिन्न १० प्रकारका २५२ मुद्दा दर्ता भएकामा दुईतिहाइभन्दा बढी २२४ वटा मुद्दा अभद्र व्यवहारसम्बन्धी रहेको पाइएको छ ।

असार मसान्तसम्ममा अभद्र व्यवहारसम्बन्धी परेका मुद्दामध्ये १६ वटा छिनोफानो गरिएको समेत प्रशासनले जनाएको छ । अन्य मुद्दामा क्षतिपूर्तिसम्बन्धी १५ वटा, जुवासम्बन्धी नौ, झुटो सूचनासम्बन्धी दुई, सार्वजनिक बाटो अवरोधसम्बन्धी एउटा, सार्वजनिक स्थानमा यौन अङ्ग देखाएकोसम्बन्धी एउटा मुद्दा रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले सोही आर्थिक वर्षमा राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क र परीक्षा दस्तुरवापत रु तीन करोड ४९ लाख ५५ हजार २५० राजश्व सङ्कलन गरेको छ ।

वि.सं.२०७८ साउन ८ शुक्रवार ११:४९ मा प्रकाशित

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...