back
CTIZAN AD

दोस्रो टि-२० मा दक्षिण अफ्रिका ४२ रनले विजयी, डेविड मिलरको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ साउन ८ शुक्रवार

630 

shares

८ साउन, काठमाडौँ । दक्षिण अफ्रिका र आयरल्याण्ड बिचको दोसो टि-२० मा दक्षिण अफ्रिकाले ४२ रनले जित हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि ३ खेलाडीले मात्र दोहोरो अकंमा रन जोड्न सफल भएका थिए । ओपनर क्विनटन डिकक २७, मुल्डर ३६ रन बनाएर आउट भएका थिए । त्यसैगरी डेविड मिलर भने ४४ बलमा ७५ रन बनाएर नटआउट रहेका थिए । त्यसक्रममा उनले ५ छक्का र ४ चौका प्रहार गरेका थिए । आयरल्याण्डका लागि बलिङ्ग तर्फ भने स्टर्लिङ र मार्क एडएरले सर्वाधिक २/२ विकेट लिएका थिए ।

१६० रनको लक्ष्य पछाएको आयरल्याण्डले पुरै २० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । आयरल्याण्डको टिम १९.३ ओभरमा ११७ रन बनाएर अलआउट हुन पुगेका थियो । ब्याटिङ्गमा आयरल्याण्डका लागि शेन गेटकेटले सर्वाधिक २४ रन बनाएका थिए भने बलिङ्गमा दक्षिण अफ्रिकाका लागि फोर्टुइन र शम्सीले सर्वाधिक ३/३ विकेट लिएका थिए ।

जितसँगै दक्षिण अफ्रिकाले १ खेल बाँकी रहदैँ ३ खेलको टि-२० श्रृखला २-० आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७८ साउन ८ शुक्रवार ११:५३ मा प्रकाशित

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...