back
CTIZAN AD

किरिया खर्चसहित मजदुरको शव आफन्तलाई जिम्मा

वि.सं.२०७८ साउन ८ शुक्रवार

633 

shares

८ साउन, बलेवा । यही साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि परिवारको जिम्मा लगाइएको छ । काजकिरिया खर्चसहित उनीहरुको शव परिवारको जिम्मा लगाइएको हो ।

परिवारलाई गलकोटको मल्ममा सञ्चालनमा रहेको बृहत् खानेपानी आयोजनाले काजकिरिया खर्च उपलब्ध गराएको हो । “तत्कालका लागि किरिया खर्च दिने सहमति भयो”, छलफलमा सहभागी चन्द्रबहादुर थापा ‘शिखर’ले भने, “राहत होइन तत्कालीन खर्च दिइएको हो, खानेपानी उपभोक्ता समितिले बेहोर्ने गरी तत्काल स्थानीयवासीसँग भएको नगद उठाएर पठाएका छौँ ।”

रोल्पाबाट शव बुझ्नका लागि बागलुङ आएका मृतक मजदुर परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएपछि शव परीक्षण गरेर परिवारको जिम्मा लगाइएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए।

साउन ४ गते सोमबार साँझ स्थानीय एक पसलबाट ल्याएको मदिरा, चाउचाउ तथा दालमोठ खाएपछि बिरामी परेका चार जनाको साउन ५ गते मङ्गलबार बिहान मृत्यु भएको थियो । दुई जना गम्भीर बिरामी मजदुरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मृतकका परिवारलाई प्रतिमृतक रु एक लाखका दरले काजकिरिया खर्च उपलब्ध गराइएको हो । मृतक चारै जनाको रोल्पामा सामूहिक दाहसंस्कार हुने भएको छ । परिवारका सदस्यले रोल्पामै दाहसंस्कार गर्ने निर्णय गरेको रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का वडाध्यक्ष नमराज थापाले बताए।

शव परीक्षणपछि भिसेरा र खाना तथा मदिरा विधि विज्ञान प्रयोगशाला पठाइएको छ । रिपोर्ट आएपछि राहत तथा कारवाहीको विषयमा थप छलफल हुने प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ साउन ८ शुक्रवार १२:०३ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...