साउन ८, काठमाडौं । पछिल्लो समय बजारमा अखाद्य सुजि छ्पछ्याप्ति देखिन थालेको छ । चितवनको भरतपुरमा रहेको नौलो फुड्स ईन्ड्रस्टिजले उत्पादन गरेको मयुरी ब्राण्डको सुजिमा बालुवा र सीसा पाईएसँगै यो कुरा सार्वजनिक भएको हो ।
सो ब्राण्डको सूजीमा बालुवा र सीसाका धुलो मिसाइएको भेटिएको छ । संसार न्यूज प्रतिनिधिले सुजीबारे गरेको अध्ययनमा यस्तो देखिएको हो ।
यसबारे कम्पनीका प्रतिनिधिले पनि आफ्नो कम्पनीको सुजीमा समस्या रहेको स्वीकार गरेका छन् । कम्पनीका प्रतिनिधि बिमल सापकोटाले सुजीबारे यसअघि पनि गुनासो आएको स्वीकार गरे ।
संसार न्यूजको प्रश्नमा उनले आफुँहरु बजारबाट सो लटको सबै सामान उठान लागेको बताएका छन् । तर, पछिल्लो एक/दुई दिनको बीचमा पनि सोही लटकै सामानहरु काठमाडौं उपत्यकाका बजार क्षेत्रमा बाँडिएको पाईएको छ ।
बजारमा अखाद्य बस्तु मिसिएको खाद्यान्न भेटिने गरेकोमा यो पछिल्लो घटना सार्वजनिक भएको हो ।
वि.सं.२०७८ साउन ८ शुक्रवार १६:४३ मा प्रकाशित




























