back
CTIZAN AD

नक्कली कागजात बनाई ठगी गर्ने तीन पुरुष पक्राउ

वि.सं.२०७८ साउन ८ शुक्रवार

657 

shares

८ साउन, काठमाडौँ । नेपाल प्रहरीले कामदार भिसामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग रु ७४ लाख नौ हजार ५०० ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिसा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने कपिलवस्तुका २४ वर्षीय विकास भनेर चिनिने विनोद भुसाल, कास्कीका ३१ वर्षीय पुकार गुरुङ र कास्कीका ३० वर्षीय प्रकाश गुरुङलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार अमेरिकामा रहेकी दिव्या राणाले कृषि फर्ममा ‘वर्क पर्मिट भिषा’ दिलाउँछु भनी प्रलोभन देखाएकी थिइन् । काठमाडौँमा रहेका भुसाललाई सम्पर्क गरेर तिनैमार्फत ठगी गरिएको थियो ।

“पक्राउ परेकाले पीडितलाई अमेरिकन राजदूतावास काठमाडौँको नक्कली कागजात बनाई ठगी गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने। पक्राउ परेका भुसालले यसअघि अमेरिकामा थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनी रु २५ लाख ठगी गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको थियो ।

वि.सं.२०७८ साउन ८ शुक्रवार १६:४६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...