back
CTIZAN AD

खैरो हिरोइनसहित राई पक्राउ

वि.सं.२०७३ फागुन ७ शनिवार

765 

shares

७ फागुन, लहान। लागुऔषध खैरो हिरोइनसहित प्रहरीले सिरहाको कसहाबाट आज एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कसहाबाट खैरो हिरोइनसहित सिरहाको गोलबजार– ६ निवासी भक्ति राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईको साथबाट तीन ग्राम खैरो हिरोइन बरामद भएको इलाका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिनुभयो ।

पक्राउ परेका राईले पूर्वी नेपालको काँकडभीट्टा पारी भारतीय बजार पानीट्याङ्कीबाट लागुपदार्थ हिरोइनल्याई सिरहाको गोलबजार, मिर्चैया, उदयपुरको कटारी लगायतको क्षेत्रमा बेच्ने गरेको प्रहरीको भनाइ छ ।

वि.सं.२०७३ फागुन ७ शनिवार ११:४७ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...