back
CTIZAN AD

माटोले पुरिएर एकको मृत्यु

वि.सं.२०७३ फागुन ७ शनिवार

816 

shares

७ फागुन, दाङ । घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज एक महिलाको ज्यान गएको छ भने एक गम्भीर घाइते भएकी छन् ।

दाङको पुरन्धारा पाथीहाल्नेमा माटो खन्ने क्रममा पुरन्धारा–३ हस्तनापुर निवासी ३० वर्षीय मीना वलीको निधन भएको इलाका प्रहरी कार्यालय, हापुरेका प्रहरी नायब निरीक्षक परेगनारायण चौधरीले जानकारी दिनुभयो ।

यस्तै घटनामा परी पुरन्धारा–३ कै भूमिसरा विक घाइते भएको बताइएको छ । आज दिउँसो उनीहरु पुरिएका थिए । घाइते विकको उपचारका लागि तुलसीपुर पठाइएको छ भने वलीको शव परीक्षणका लागि तुलसीपुर पठाउने तयारी गरिएको प्रहरी प्रमुख चौधरीले जानकारी दिनुभएको छ ।

शिवरात्रिमा घर पोत्नका लागि माटो ल्याउन गएको स्थानीयवासीले बताएका छन् । ढिस्कोले पुरिएका वली र विकलाई स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए ।

वि.सं.२०७३ फागुन ७ शनिवार ११:४४ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...