साउन १०, काठमाडौं । काठमाडौंमा उपत्यकामा जारी निषेधाज्ञा १० दिनका लागि थपिएको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले आगामी साउन २० गतेसम्मका लागि निषेधाज्ञा लम्याउने निर्णय गरेका हुन् ।
कोरोना महामारीको दोस्रो लहर देखिएसँगै गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । पछिल्लो पटक थप भएको निषेधाज्ञा आइतबार राती १२ बजेदेखि सकिँदैछ ।
थपिएको निषेधाज्ञामा पनि प्रशासनले मानिसहरुको भिडभाड बढि हुने क्षेत्रहरु सभा, जुलुस, जात्रा, महोत्सवसहित शैक्षिक संस्थाहरुलाई खोल्न रोक लगाएको छ ।
यस्ता छन् अन्य नियमहरु


वि.सं.२०७८ साउन १० आइतवार १७:१२ मा प्रकाशित






























