११ साउन, बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको निर्वाचनका क्रममा बुथ कब्जा र केही व्यक्तिमाथि सांघातिक हमला समेत गरिएको छ ।
जुलाई २५ गते आइतबार भएको समितिको सातवटै निर्वाचन क्षेत्रमा बिहान ९ देखि ५ बजेसम्ममा निर्वाचन सम्पन्न भइसकेको अवस्थामा आन्र्तोपेन क्षेत्रको बुथमा अकस्मात केही व्यक्ति आएर मतपेटिका कब्जा गरिएको र त्यसलाई रोक्न खोज्दा निर्वाचनका लागि उपस्थित केही व्यक्ति र निर्वाचन आयुक्तमाथि सांघातिक हमला भएको निर्वाचन समितिले जनाएको छ ।
‘ निर्वाचन सम्पन्न भइसकेको थियो तर अकस्मात आन्त्र्वोपेन क्षेत्रमा लगभग ४ः४५ वजे विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी मतपेटिका तानेर त्यसलाई फुटाल्दै भूईँमा छरपष्ट पार्दै वुथ कव्जा गरी मत पेटिका कव्जा गर्ने प्रयास गरियो । त्यसको प्रतिकार गरी मतपेटिकालाई जोगाउनको लागि निर्वाचनस्थलमा उपस्थित एनआरएनए सदस्यहरु प्रतिकार गर्न जाँदा उपस्थित दिदीबहिनी तथा दाजुभाईहरु माथि पनि सांघातिक आक्रमण भई घाईते बनाईयो ।’ निर्वाचन समितिका सदस्य सचिव शिव कुमार वरुवाल, निर्वाचन आयुक्त लोक दहाल र क्षेत्रीय निर्वाचन संयोजक पवन सुवेदीद्धारा जारी संयुक्त वक्तव्यमा भनिएको छ ।
निर्वाचन समितिको विज्ञप्ति अनुसार निर्वाचन वुथ कव्जाको शिलसिलामा आक्रमणकारी व्यक्तिहरुले एक किसिमको केमिकल प्रयोग गरी संघका पूर्वउपाध्यक्ष शारदा अर्याल, साधारणसदस्य मुना के.सीं, कोषाध्यक्षका उम्मेददवार रहेका पुष्प नेपाल (लोकन्द्र) माथि सांघातिक आक्रमण गरी घाईते बनाइएको बताइएको छ । साथै उक्त घटनाप्रति आपत्ति जनाउँदै उनीहरुलाई सम्झाउन जाँदा निर्वाचन आयुक्तमाथि समेत आक्रमण तथा कुटपिट गरिएको बताइएको छ ।
‘मतपेटिकालाई फुटाली मतपत्रहरुलाई भूँईमा छिरोली वुथ कव्जा गर्न खोजेता पनि त्यहाँ उपस्थित सचेत एनआरएनका सदस्य साथीहरुले त्यसको प्रतिकार गर्दै आन्त्र्वोपेन क्षेत्रको सवै मतपत्रहरु सुरक्षित राख्दै पुनः अर्को वक्सको व्यवस्था गरी सुरक्षित राखिएको छ ।’ बिज्ञप्तिमा भनिएको छ ।
उक्त घटना घोर निन्दनीय, अपमानजनक र अमानवीय भएको भन्दै निर्वाचन समितिले ध्यानाकार्षण भएको जनाउँदै उक्त घटनालाई कानूनी रुपमा नै अगाडि बढाउने र आक्रमणकारीहरुको पहिचान गरी कानुनी उपचारतर्फ जाने निर्वाचन समितिले जनाएको छ । समितिले एनआरएन बेल्जियमका साधारण सदस्यहरुले समेत उक्त कानुनी उपचारको माग गरेको जनाएको छ ।
समितिले आक्रमणकारीहरुको पहिचान खोजी गर्न बेल्जियमको प्रहरी प्रशासन समक्ष उक्त घटनाको तथ्य प्रमाण र भिडियो फुेटजहरु बुझाइ सकिएको र प्रहरी प्रशासनको प्रारम्भिक अनुसन्धानमै आक्रमणकारीहरुको पहिचान खुलिसकेको तथा श्रोत संचालक खोजीको लागि प्रहरी प्रशासनले थप समय मागेको पनि समितिले जनाएको छ ।
यसो भन्छन् निर्वाचन समितिका सदस्य सचिव शिव कुमार वरुवाल
बुथ कब्जा गरी मत पेटीका फुटाल्नेहरुलाई रोक्न जाँदा निर्वाचन आयुक्त लगायत कोषाध्यक्ष पदका उम्मेदवार लोकेन्द्र नेपाल र एनआरएनए बेल्जियमकी पूर्वउपाध्यक्ष सारदा अर्याल, क्षेत्री समाज बेल्जियमकी अध्यक्ष मुना केसी माथी कुर्ची प्रहार गरि सख्त घाइते बनाइएको थियो ।
यस्तो घटना किन र कस्ले घटायो भनी हलमा उपस्थितहरुलाई सोधपुछ गर्दा ती आक्रमण गर्ने ब्यक्तिहरु केहि समय पहिला पनि हलमा आएका र उनीहरुलाई यहाँ किन आएको भनी सोध्दा अध्यक्षका उमेदवार चेत प्रसाद भट्टको छोराले बोलाएर आएको भनेको र पछि त्यही ब्यक्तिहरु हलमा प्रवेश गरि आक्रमण गर्दा यसमा केही उम्मेदवारहरुको नै प्रत्यक्ष संलग्न भएको आसंका गरिएको बताइएको छ ।
‘निर्वाचनको सम्पूर्ण प्रक्रिया सकिएको र ६ वटा क्षेत्रको मतपेटिका निर्वाचनको कार्यालयमा प्राप्त भएको र एन्टर्पेन क्षेत्रको पनि जे जस्तो थियो त्यही अबस्थामा मुचुल्का तयार गरि राखी अब के गर्ने भन्ने सम्बन्धमा छलफको लागि निर्वाचन समितीले तिनैजना उम्मेदवारलाई सरसल्लाहको लागि बोलाउँदा खडक केसि र अनुजा प्रधान दुईजना उपस्थित भएकोमा उहाँहरु सबै निर्वाचन क्षेत्रीय संयोजक निर्वाचन अनुगमन प्रतिनिधिको रोहबरमा मतपेटिका सुरक्षित ठाउँमा तालाबन्दी गरि राखिएको जानकारी पनि गराउन चाहान्छौ ।’ बरुवालले लेखेका छन् ।
अब कसरी अगाडि बढने भन्ने बिषयमा निर्वाचन समितिका उमेदवारहरु र निर्वाचन अनुगमन समितिको बैठक बसि एनआरएनए आइसिसिका अध्यक्ष र महासचिवको सुझाव लिँदै निर्वाचन आचारसंहितामा अनुसार अगाडि बढ्ने पनि बरुवालले बताएका छन् ।
यस्तो छ आरोप
त्यसैगरी नेपाली जनसम्पर्क समिती बेल्जियमकी सभापति सीता सापकोटा, नेपाली जनप्रगतिशिल मंच बेल्जियमका अध्यक्ष जित लामा, नेपाली सङ्घिय समाज बेल्जियमका महासचिव लोक राना र प्रवासी नेपाली एकता मंच बेल्जियमका अर्जुन दाहालले एक संयुक्त विज्ञप्ति जारी गर्दै आन्र्तोपेन बुथमा घटेको घटनाको भत्र्सना गरेका छन् ।
उनीहरुद्धारा जारी गरिएको संयुक्त विज्ञप्तिमा घट्ना घट्नुको कारण एनआरएनए बेल्जियमको सदस्य बितरण तथा नबिकरण समितिका संयोजक तिर्थ धमलाको नियोजित चरम लापरबाही र निर्वाचन समितिको संयोजक लोक दाहाल लगायतले एकपक्षीय नामको मात्रै रुझु गरेको आरोप उनीहरुले लगाएका छन् ।
‘यो घट्ना घट्नुको कारण एनआरएनए बेल्जियमको सदस्य बितरण तथा नबिकरण समितिको संयोजक तिर्थ धमलाको नियोजित चरम लापरबाही सदस्यता भैसकेको ब्यक्तिहरुलाई पनि छानी छानी हटाउने हरेक दिन हरेक घण्टा घण्टामा फरक–फरक नाम लिस्ट निकाल्ने र निर्वाचन समितिको संयोजक लोक दाहाल लगायतले एक पक्षिय नामको मात्रै रुझु गर्ने भएको नाम पनि छिन छिनमै विभिन्न क्षेत्रमा पार्ने कहिले अर्कै क्षेत्रमा पार्ने काम भएकोले त्यसको निस्पक्ष छानबिन गरियोस र वर्तमान सदस्यता बितरण समिती र निर्वाचन समितिलाई भविस्यमा यस्तै सामाजिक जिम्मेवारी नदिन अपिल गर्दछौं ।’ उनीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता सबै गलत क्रियाकलापलाई रोक्न नसक्ने निवर्तमान समिती पनि जिम्मेवार रहेको ठहर गर्दै निष्पक्ष छानबिनको गरियोस भन्न चाहान्छौँ ।’
वि.सं.२०७८ साउन ११ सोमवार १५:२७ मा प्रकाशित






























