back
CTIZAN AD

संयोजक रविन्द्र मिश्रको प्रस्तावप्रति अर्का संयोजक मिलन पाण्डेको असन्तुष्टि

वि.सं.२०७८ साउन ११ सोमवार

705 

shares

११ साउन, काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रको प्रस्तावप्रति पार्टीका अर्का संयोजक मिलन पाण्डेले असन्तुष्टि जनाएका छन् ।

संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्तावलाई बहसका लागि भन्दै ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ नामक दस्तावेज बाहिर ल्याएका मिश्रको प्रस्तावप्रति संयोजक पाण्डेले असन्तुष्टि जनाएका हुन् ।

पाण्डेले विवेकशिल साझा घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी भएको उल्लेख गर्दै सामाजिक सञ्जाल ट्वीटरमार्फत असन्तुष्टि सार्वजनिक गरेका हुन् ।

विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ रहेको स्पष्ट पार्दै उनले मिश्रको प्रस्तावलाई नितान्त व्यक्तिगत भएको र पार्टीसँग कुनै सम्बन्ध नभएको स्पष्ट पारेका छन् ।

संयोजक रविन्द्र मिश्रले दस्तावेजमा स्थानीय निकायलाई पुनर्संरचना र सुद्धढ गर्दै संघीयता खारेजी गर्नुपर्ने र धर्मनिरपेक्षतामाथि जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् । दस्तावेजमा संघीयताले भ्रष्टाचार बढाउने र आर्थिक भारको स्रोत बढाउने कुरा उनले गरेका छन् ।

रविन्द्र मिश्रकाे नयाँ प्रस्ताव : संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह ! (दस्तावेजसहित)

वि.सं.२०७८ साउन ११ सोमवार २०:३० मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...