११ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापा विवेकशिल साझाका संयोजक रविन्द्र मिश्रको प्रस्तावबाट उत्साहित भएका छन् ।
थापाले सामाजिक सञ्जाल टिव्टरमार्फत मिश्रले अगाडि सारेका संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्तावलाई सकरात्मक भन्दै उत्साहित भएका हुन् ।
अध्यक्ष थापाले ‘राप्रपा एक्लैलै उठाएको संघीयताको खारेजी, धर्मनिरपेक्षतावारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाको विषयमा राष्ट्रिय बहस सुरु हुनु राप्रपाको सफलता भएको’ बताएका छन् । उनले यसअर्थमा आफूहरु सही बाटोमा रहेको र प्रमाणित हुँदै गएको उल्लेखसमेत गरेका छन् ।
मिश्रले बहसका लागि भन्दै ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ नामक दस्तावेज आइतबार बाहिर ल्याएसँगै निकै चर्चामा छ । उनले प्रस्तावमा स्थानीय निकायलाई पुनर्संरचना र सुद्धढ गर्दै संघीयता खारेजी गर्नुपर्ने र धर्मनिरपेक्षतामाथि जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
टिव्टरमा अध्यक्ष थापाले लेखेका छन् :
संघीयताको खारेजी,धर्मनिरपेक्षतावारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठीरहेको आवाज सकारात्मक छ। विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दैजानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो।हामी सही बाटोमा छौँ,प्रमाणित हुँदैछ
— Kamal Thapa (@KTnepal) July 26, 2021
वि.सं.२०७८ साउन ११ सोमवार २०:५४ मा प्रकाशित






























