फर्शुराम भुर्तेल, १३ साउन, पर्बत । पर्बतको पैयु गाउँपालिकाको डाँडाकाहुका आगालागि पीडितलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
पैयुगाउँपालिका ५ निवासी यज्ञप्रसाद न्यौपानेका छोरा अर्जुन किशोर न्यौपाने (अमेरिका) ले सहयोगस्वरुप १ लाख ९४ हजार आर्थिक सहयोग पठाएका हुन् ।
पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, उपाध्यक्ष जस्मती गुरुङ तथा यज्ञ प्रसाद न्यौपाने, अनिल कमल न्यौपाने, वडा नं ६ का सचिव पारेश्वर सापकोटा पत्रकार निर्भिक भुर्तेल लगायतको उपस्थितिमा अर्जुनका पिता यज्ञ न्यौपानेले सहयोग रकम हस्तान्तरण गरेका थिए ।
सोहि अवसरमा डाँडाकाहुका आगलागि पीडितहरुको सहयोगका लागि पैयु गाउँपालिकाले प्रति परिवार २ लाख ५० हजार सहयोग गर्ने पालिकाले निर्णय गरेको अध्यक्ष खगेन्द्र तिवारीले जानकारी दिएका छन् ।

वि.सं.२०७८ साउन १३ बुधवार ०८:५२ मा प्रकाशित






























