back
CTIZAN AD

बागलुङमा कोरोनाविरुद्धको खोप अभियान स्थगित

वि.सं.२०७८ साउन १४ बिहीवार

582 

shares

१४ साउन, गलकोट । बागलुङमा खोप अभियान स्थगन गरिएको छ ।

बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ ।

खोपका लागि लक्षित वर्ग नतोकेका कारण मन्त्रालयको निर्देशन नआउँदा सम्मका लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए ।

सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशनअनुसार बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदासम्मका लागि स्थगित भएको उनका भनाइ छ ।

सरकारले तोकेको लक्षित वर्ग छुटेको भए ती व्यक्तिलाई भने खोप लगाइने खत्रीले बताए । सरकारले लक्षित गरेका करिब सबै नागरिकले खोप पाइसकेको र अर्को लक्षित वर्ग तोकी नसकेकाले खोप लगाउन नसकिएको उनले बताए ।

बागलुङमा अझै करिब १४ हजार डोज बाँकी छ । सरकारले अब बाँकी रहेको खोप कुन वर्गलाई दिने भनेर निर्णय गरिनसकेको उनका भनाइ छ । सरकारबाट नयाँ लक्षित वर्ग तोकिएपछि मात्रै खोप अभियानलाई अगाडि बढाइने छ ।

बागलुङमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । हालसम्म जिल्लामा ५१ हजार ४८७ ले खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

जिल्लामा जोन्सन एण्ड जोन्सन ११ हजारभन्दा बढी, भेरोसेल २२ हजार र कोभिशिल्ड १४ हजार ६४० ले लगाएको सुपरभाइजर खत्रीले जानकारी दिए ।

वि.सं.२०७८ साउन १४ बिहीवार ११:१८ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...