back
CTIZAN AD

सरकारमा जाने कि एमालेतिर फर्कने ? आन्तरिक छलफलमा माधव समूह

वि.सं.२०७८ साउन १८ सोमवार

633 

shares

साउन १८, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ । एमाले एकतामा फर्किने कि गठबन्धन सरकारमा सहभागि हुने भन्ने विषयमा दोधारमा देखिएको माधव पक्ष निर्णय लिन छलफलमा जुटेको हो ।

बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा अहिले माधव पक्षका नेताहरु छलफलमा छन् । एमालेले पार्टी एकताबारे निर्णय लिन बैठक बोलाए पछि उनीहरु छलफलमा जुटेका हुन् ।

माधव पक्षभित्र एउटा खेमा सरकारमा सहभागि हुनुपर्ने लाईनमा छ भने अर्को पक्ष पार्टी एकतामा जोड दिनुपर्ने लाईनमा छ । तत्कालिन समय प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा पनि माधव पक्ष बाँडिएको थियो । माधव पक्षमा देखिएका आधाजसो सांसद संसद बैठकलाई बहिस्कार गरेका थिए ।

तर, पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमै देखिएका केहि सांसद भने विद्रोह गरि देउवालाई मत दिएका थिए । अहिले उनीहरुसहितको समूह भने सरकारमा जानुपर्ने अडान छ । पूर्ववत समूह बाँडिएपछि नेता माधव नेपाल अन्यौंलमा छन् ।

वि.सं.२०७८ साउन १८ सोमवार १५:४२ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...