back
CTIZAN AD

एमालेद्वारा विभिन्न विभाग गठन, कुन विभागमा कसलाई जिम्मेवारी ?

वि.सं.२०७८ साउन १८ सोमवार

771 

shares

१८ साउन, काठमाडौँ । नेकपा (एमाले) कोस्थायी कमिटी बैठकले पार्टीका विभिन्न नौ केन्द्रीय विभाग गठन गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न आजको बैठकले नौवटा विभागहरु गठन गर्दै सदस्यसमेत मनोनयन गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

ती विभागहरूमा अधिकतम २५ सदस्यसम्म रहन सक्ने व्यवस्था भए पनि पार्टीमा असन्तुष्ट पक्ष काममा फर्कने सक्ने अपेक्षासहित हाललाई ६ देखि १५ सङ्ख्यामा मात्रै सदस्य मनोनयन गरिएको ज्ञवालीलेले बताए ।

उनले पार्टीलाई अब नयाँ गतिका साथ अघि बढाउने निर्णय भएको समेत बताए । एमालेले यसअघि केन्द्रीय विभागका प्रमुखहरूको जिम्मेवारी तोकिसकेको थियो । पार्टी स्कुल विभाग प्रमुखमा केपी शर्मा ओली रहेका छन् । त्यस्तै  सङ्गठन विभाग (प्रमुखः विष्णुप्रसाद पौडेल), प्रचार विभाग (प्रमुख : प्रदीप ज्ञवाली), संसदीय विभाग (प्रमुख : सुवास नेम्वाङ), आर्थिक विभाग (प्रमुख : विष्णु रिमाल), पर्यटन प्रवद्र्धन विभाग (प्रमुख: भानुभक्त ढकाल), विदेश विभाग (प्रमुख : डा राजन भट्टराई), स्थानीय तह विभाग (अग्नि खरेल) र निर्वाचन विभाग (प्रमुख :देवेन्द्र दाहाल) छन् ।

एमालेले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने तयारीबारे मस्यौदा तयारी र व्यवस्थापन कमिटीबारे आइताबार निर्णय गरेको थियो । विधान अधिवेशन अगावै प्रस्तावित विधान केन्द्रीय कमिटीबाट पारित गरी छलफलका लागि तल्ला कमिटीमा पठाउने सो पार्टीको व्यवस्था छ । ती विषयमा छलफल गर्न एमालेले यही साउन २४ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।

एमालेको आन्तरिक समस्या समाधान कार्यदलले गत असार २७ गते तयार गरेको १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउन पहल जारी रहे पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बैठकमा अनुपस्थित हुँदै आएको छ ।

विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली र सङ्ठनात्मक प्रतिवेदन तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन भएको छ । पार्टीका स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । एमालेले असोजको पहिलो साता देशभरका सबै वडास्तरका अधिवेशन र दोस्रो साता सबै पालिकास्तरका कमिटीमा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

वि.सं.२०७८ साउन १८ सोमवार २०:३८ मा प्रकाशित

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...