back
CTIZAN AD

एमसीसीकै कारण हुनसक्दैन एमाले एकता !

वि.सं.२०७८ साउन १९ मंगलवार

546 

shares

साउन १९, काठमाडौं । नेकपा (एमाले)भित्र विवादका कारण धेरै छन् । कतिपय पद र प्रतिष्ठासँग जोडिएका मुद्दा छन् भने कतिपय वैचारिक विषयसँग पनि गाँसिएक मुद्दा छन् । धेरै मुद्दाहरु गन्जागोल बनेर विवाद उत्कर्षमा पुगेको एमालेभित्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सम्बन्धी मुद्दा पनि विवादको केन्द्रमा छ । जसले एमालेको एकता अभियानलाई अवरोध गर्ने सम्भावना स्पष्ट छ ।

एमालेमा केपी शर्मा ओली पक्ष एमसीसीलाई जसरी पनि पारित गरेर अगाडि बढ्नुपर्ने लाईनमा छ भने माधवकुमार नेपाल पक्ष एमसीसीका धेरै प्रावधानप्रति असहमत छ । माधव पक्षले एमसीसीका अधिकांश प्रावधान गलत रहेको भन्दै प्रस्तावलाई अस्वीकार नै गर्नुपर्ने बताईरहेको छ ।

माधव पक्षले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छँदाको अवस्थामा एमसीसीको विषयमा अध्ययन गर्न बनेको झलनाथ खनाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनअनुसार काम हुनुपर्ने माग गरिरहेको छ ।

तत्कालिन समय गठन भएको एमसीसी कार्यदलका सदस्यसमेत रहेका नेता भीम रावलले केहि दिन अघि प्रतिनिधि सभा बैठकमा बोल्दै तत्कालिन ओली नेतृत्वको सरकारले एमसीसीका विषयमा गरेका सबै सम्झौता र गतिविधिको छानबिन गर्नुपर्ने माग गरेका थिए । उनले एमसीसी राष्ट्रघाती भएको भन्दै अस्वीकार नै गर्नुपर्ने बताएका थिए ।

एमसीसीले एमाले मात्रै होइन् सत्ता गठबन्धन पनि संकटमा

एमसीसी मुद्दामा नेकपा एमालेभित्र मात्रै होइन् सत्ता गठबन्धनभित्र पनि संकट छ । एमालेभित्र ओली पक्ष जसरी पनि एमसीसीलाई अगाडि बढाउने सुरमा छ भने सत्तारुढ गठबन्धनको मुख्य दल नेपाली कांग्रेसको संस्थापन पक्ष पनि ओलीको लाइनमा सहमत छ ।

तर, एमसीसीका धेरै प्रावधानप्रति असहमत सत्ता गठबन्धनका दलहरु माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा सशंकित छन् । केहि दिनअघि सत्ता गठबन्धनको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्पष्ट रुपमै एमसीसीलाई अगाडि बढाइए गठबन्धनबाट बाहिरिने बताएका थिए ।

माओवादी केन्द्रले पनि एमसीसीलाई तत्काल अगाडि सार्न नहुने तर्क गरिरहेको छ । उसले एमसीसीका प्रावधान संशोधन गरेमा मात्र अगाडि बढाउन हुने तर्क गरिरहेको छ ।

एमसीसीलाई अस्त्र बनाउने सुरमा छन् ओली

सर्वोच्चको आदेशसँगै बाध्यपूर्वक सत्ताबाट बाहिरिएका ओली एमसीसीलाई अगाडि बढाउने पक्षमा योजनाबद्ध रुपमै देखिएका छन् । उनले सार्वजनिक रुपमा पनि एमसीसीलाई अगाडि नबढाउँदा अन्तराष्ट्रिय रुपमा नेपालप्रति विश्वास गुम्दै गएको बताइरहेका छन् ।

ओलीले सत्तारुढ गठबन्धनभित्रको अवस्थालाई बुझेर पनि एमसीसीलाई उचाल्नुपर्ने लाईन लिएका छन् ।

केहि दिनअघि आफुँ निकटस्थ नेताहरुलाई जम्मा गरेर ओलीले एमसीसीलाई अगाडि बढाउनुपर्ने बेला भएको कुरा बताएको सार्वजनिक भएको थियो । ओलीले एमसीसीलाई अगाडि बढाउन सकिएमा गठबन्धन विभाजित हुने र नयाँ गठबन्धन निर्माण तिर राजनीति जाने निष्कर्ष बनाएका छन् ।

एमाले विभाजन हुने नहुने विषयभन्दा गठबन्धन विभाजित बनाउनु महत्वपूर्णं भएको उनको निष्कर्ष छ । जसका लागि एमसीसी सजिलो अस्त्र हुने ओलीको निष्कर्ष छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार १२:३८ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...